नयॉं दिल्ली, 02 फरवरी : आम आदमी पार्टीका नेता एवं दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल आज पॉंचौं समनमा पनि प्रवर्तन निदेशालय (ईडी) उपस्थित हुने छैनन्। यस सन्दर्भमा भाजपा नेताहरूले तिखो प्रतिक्रिया दिएका छन्।
अरविन्द केजरीवाललाइ ईडीको समनमा केन्द्रिय मन्त्री अर्जुन राम मेघवालले भने, ‘कानुनभन्दा माथि कोही पनि छैन। हाम्रा संविधान निर्माताहरूले कानुनको शासन निश्चित गरेका छन्।’
भाजपा प्रवक्ता शहजाद पूनावालले एक्स ह्यान्डलमा लेखेका छन्द्व ‘चोर की दाढी में तिनका’ नहुनु हो भने अरविन्द केजरीवाल जाने थिए।’ यस राजनीतिक हलचलमा भाजपा नेता मनजिन्दर सिंह सिरसाले भनेका छन्, ‘केजरीवालले पॉंचौंपल्ट ईडीको समनलाई अदेखा गरेका छन्। किनकि उनीलाई थाहा छ कि उनीविरूद्ध रक्सी भ्रष्टाचारमा यति पुख्ता प्रमाण छ कि उनी पक्कै जेल जानेछन्।’
भाजपा नेताले अझ भने, ‘आआपका वरिष्ठ नेताले मलाई भने कि केजरीवालले पहिला आफ्नो धर्मपत्नीलाई मुख्यमन्त्री बनाउने छन् र फेरि ईडी समक्ष उपस्थित हुनेछन्। आफैलाई कट्टर इमान्दार बताउने केजरीवाल सत्ताको मोहमा कुनै पनि हदसम्म तल झर्न सक्छन्।’
