नयाँ दिल्ली, 09 नोभेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- का राष्ट्रिय अध्यक्ष जेपी नड्डाले भोकल फर लोकलमाथि बल दिँदै देशका मानिसहरूसित स्थानीय उत्पाद खरिद गर्ने आह्वान गरे। बिहीवार जे पी नड्डाले ‘भोकल फर लोकल’ –लाई प्रोत्साहित गर्नको लागि स्थानीय उत्पादहरू पनि खरिद गरे।यस अवसरमा उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीले ‘आत्मनिर्भर भारत’ बनाउनका लागि केही योजनाहरू शुरू गरेका छन्। यसको लागि उनले ‘भोकल फर लोकल’- को घोषणा गरेका छन्।
नड्डाले भने, समाजमा स्थानीय उत्पादहरूको किनमेललाई प्रोत्साहित गर्नुपर्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले दीपावली र छठ पर्वको अवसरमा स्थानीय उत्पादहरू खरिद गर्ने अनुरोध गरेका छन्। बिलासपुरमा खेरो फालिएको काठबाट उत्पाद निर्माण गर्ने रविको उल्लेख गर्दै उनले भने, स्थानीय स्तरमा अत्यन्त उपयोगी र टिकाउ उत्पाद निर्माण गरिंदैछ। यसैले उनलाई प्रेरित गर्नका लागि उनको उत्पादलाई हामीले किनिदिनुपर्छ ताकि देशका कुना-कुनाका कारीगरहरूलाई प्रेरणा मिलोस्।
हिन्दुस्थान समाचार/उष्णता
