
नयाँ दिल्ली, 05 जनवरी (हि.स.)। अहिलेघरि उत्तर भारत शीतलहरको चपेटमा परेको छ। यी क्षेत्रहरूको न्यूनतम तापमान 4 देखि 7 डिग्रीबीच दर्ता गरिँदैछ। मौसम विभाग अनुसार आगामी तीन दिनसम्म उत्तर भारतका राज्यहरूमा कठ्याङ्ग्रिने जाड़ो कायम रहनेछ। यी राज्यहरूमा घना कुहिरो लाग्ने सम्भावना छ।
मौसम विभाग अनुसार आज पूर्वी उत्तर प्रदेशमा अति घना कुहिरो दर्ता गरियो भने दिल्ली, हरियाणा, चण्डीगढ़, पश्चिमी उत्तर प्रदेश, उत्तराखण्ड, बिहार, छत्तीसगढ़, राजस्थानमा घना कुहिरो दर्ता गरियो। यी क्षेत्रहरूमा भिजिबिलिटी 50 मीटरदेखि 200 मीटरसम्म देख्न पाइयो। जबकि दक्षिणी राज्यहरूमा भारी वर्षा दर्ता गरियो। केरल अनि तमिलनाडुमा भारी वर्षा दर्ता गरियो।
मौसम विभागको अनुमान अनुसार आगामी तीन दिनसम्म उत्तर भारतका केही क्षेत्रहरूमा न्यूनतम तापमान 6 डिग्रीदेखि तल रहनेछ। आगामी सोमवरादेखि स्थितिमा थोरै सुधार आउने सम्भावना छ।
हिन्दुस्थान समाचार/उष्णता
