सूरत, 17 दिसम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीलाई आइतवार सूरत डायमण्ड बुर्सको लोकार्पण गरेपछि विशेष सूरती शैलीमा देखियो। उनले सूरतीहरूको विशेषताको ठूलो प्रशंसा गरे।
प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार सूरत डायमण्ड बुर्समा हीरा उद्योगसित सम्बन्धित उद्यमि, उनीहरूको परिवार अनि कर्मचारीहरूलाई सम्बोधन गरे। आरम्भमा उनले गुजराती शैलीमा सूरतीहरूको मनलाई लोभ्याए। मोदीले भने, सूरत अर्थात हूरत, सूरतसित इतिहासको अनुभव, वर्तमानमा बसेर भविष्यति दूरदर्शिता राख्नेहरूको नाम सूरत हो। सूरतका मानिसहरूले काम गर्न कहिल्यै अल्छी गर्दैनन्। उनले सूरतीहरूका विशेषताहरू बारे विस्तारपूर्वक बताउँदै भने, सूरतीहरू जति नै हतार भए पनि खान-पानको पसलमा आधा घण्टासम्म बसेर भए पनि प्रतीक्षा गर्दछन्।
चण्डी पड़वा तिहारको उल्लेख गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भने, यस तिहारमा मानिसहरूलाई सड़क किनारमा बसेर आफ्नो परिवारसित घारी खाँदै गरेको देखिन्छ। सूरतीहरू नजिकैको चौरस्तामा घुम्न नगए पनि विश्वमा कहीँ पनि घुम्न पुग्छन्। उनले सूरतको डायमण्ड उद्योगको पनि धेरै सराहना गरे।
हिन्दुस्थान समाचार/उष्णता
