
नयाँ दिल्ली, 24 दिसम्बर (हि.स.)। सोशल मीडियामा अब अरविन्द केजरीवाल नेतृत्वाधिन आम आदमी पार्टी (आआप)-को दिल्ली सरकारको कथित औषधि घोटालाको गुञ्जनले राजनीतिक तापमान बढ़ाएको छ। यस सम्बन्धमा भारतीय जनता पार्टी (भाजपा)-का सूचना प्रौद्योगिकी विभागीय प्रमुख अमित मालवीयले तथा दिल्लीका स्थानीय मुद्दालाई लिएर सक्रिय अर्को राजनीतिक पार्टी ‘लोकसेना हिन्द’- का अध्यक्ष डा. मुनीश रायजादाले एक्स ह्याण्डलमा टिप्पणी गरेका छन्। डा. रायजादाले त झन् केजरीवालमाथि गम्भीर कटाक्ष गरेका छन्।
भाजपा, सूचना प्रौद्योगिकी विभागका प्रमुख अमित मालवीयले आफ्नो एक्समा एउटा च्यानलको समाचार फुटेजको भीडियो अपलोड गरेका छन्। उनले विस्मयकारी चिन्ह लगाउँदै लेखेका छन्- ‘शराब घोटालापछि अब अरविन्द केजरीवालको एएपीको औषधि घोटाला!’ स्मरण गराइन्छ, मालवीयले एएपीलाई अङ्ग्रेजीको क्यापिटल लेटरमा लेखेका छन्। यस अतिरिक्त अन्ना आन्दोलनमा सामेल भइसकेका डा. मुनीश रायजादाले पनि अरविन्द केजरीवालमाथि लक्षित गरेका छन्। उनी लामो समयसम्म आम आदमी पार्टीका ‘महत्वपूर्ण’ सहयोगी रहेका थिए।
अहिलेघरि उनले आफ्नो राजनीतिक पार्टी ‘लोकसेना हिन्द’- को माध्यमबाट दिल्लीका आधारभूत मुद्दाहरूलाई सशक्त ढङ्गमा उठाइरहेका छन्। लोकसेना हिन्दका अध्यक्ष डा. मुनीश रायजादाले पनि एक्समा एउटा न्यूज च्यानलको समाचारको भीडियोको छविलाई अपलोड गरी लेखेका छन्- ‘अझै कति घोटाला गर्छौं फर्जीवाल?’ यति मात्र नभएर रायजादाको पार्टीले एक्समा जनतासित प्रश्न गरेको छ- ‘ एकपछि अर्को घोटाला गर्ने अरविन्द केजरीवालले के अब राजीनामा दिनु पर्दैन र?’ ‘लोकसेना हिन्द’- को उक्त पोस्टलाई डा. रायजादाले आफ्नो एक्स ह्याण्डलमा री-पोस्ट गरेका छन्।
उल्लेखनीय छ, आम आदमी पार्टी सरकारको कथित आबकारी घोटालामा दिल्लीका पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया तथा राज्यसभा सदस्य सञ्जय सिंह जेलमा थुनिएका छन्। मनी लण्ड्रिङ्गको मुद्दामा अर्को पूर्वमन्त्री सत्येन्द्र जैन पनि पक्रा परिसकेका छन्। कथित आबकारी घोटालामा मुख्यमन्त्री केजरीवाललाई ईडीले समन जारी गरेको छ। केजरीवालले ईडीको समनलाई अवैध बताउँदै फिर्ता लिने माग गरिसकेका छन्। यसबीच दिल्लीका उपराज्यपालले घोटालाको जाँच सीबीआईद्वारा गराउने आदेश दिएका छन्।
हिन्दुस्थान समाचार/उष्णता
