-परियोजनाको प्रथम चरणमा साहिबाबाद-दुहाई खण्डको लागि देखाए झण्डा, 17 किलोमीटरको दूरत्व 12 मिनटमा पूरी गर्नेछ
नयाँ दिल्ली, 20 अक्टोबर। प्रधानमन्त्री नरेन्द्र मोदीले आज (शुक्रवार) राष्ट्रलाई पहिलो हाई स्पीड ऱ्यापिड ट्रेन ‘नमो भारत’ सुम्पिए। उनले दिल्ली-मेरठ मार्गको पहिलो चरणमा साहिबाबाद-दुहाई खण्ड (रिजनल ऱ्यापिड ट्रान्जिट सिस्टम (आरआरटीएस)- को उद्घाटन पूर्वान्ह लगभग 11 बजे साहिबाबादबाट गरे। यस अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाछ पनि उपस्थित थिए। यो खण्ड 17 किलोमीटरको छ जसलाई यो ट्रेनले लगभग 12 मिनटमै पूरा गर्नेछ। अब दिल्लीदेखि मेरठसम्म ट्रेनको माध्यमबाट यात्रा गर्ने यात्रीहरूको निम्ति यो यात्रा सहज हुनेछ।
यस हाई स्पीड ट्रेनलाई ‘वन्दे भारत’- को जस्तै ‘नमो भारत’ नामकरण गरिएको छ। दिल्ली-मेरठ मार्गमा यस परियोजनाको पाँचौ चरण छ। उद्घाटनपूर्व यस ट्रेनको ट्रायल रन भइसकेको छ। यसले 152 किलोमीटर प्रतिघण्टाभन्दा अधिकको गतिको आँकड़ा हासिल गरेको छ। यो हाई स्पीड रेल सेवा भोलिदेखि पूर्ण रूपले संचालन हुनेछ। यस ऱ्यापिड रेल संचालनको लागि राष्ट्रिय राजधानी क्षेत्र परिवहन निगम (एनसीआरटीसी)-को गठन गरिएको छ। एनसीआरटीसी केन्द्र सरकार, दिल्ली, हरियाणा, राजस्थान औ उत्तर प्रदेशको संयुक्त कम्पनी हो। यस परियोजनामाथि गत जून 2019-देखि काम शुरू भएको थियो भने बाँकी काम पूरा गर्नको लागि आगामी वर्ष 2025 निर्धारित गरिएको छ।
निगमको दाबी छ, यो भारतको पहिलो यस्तो ट्रेन सिस्टम हुनेछ जसमा ट्रेन 160 प्रतिघण्टाको वेगले गुड़्नेछ। यात्रीहरूले मोबाइल फोन र कार्डको माध्यमबाट पनि टिकट खरिद गर्नसक्नेछन्। रेल कोचको अन्तिम डब्बामा स्ट्रेचर हुनेछ। यदि कुनै रोगीलाई मेरठबाट दिल्ली रेफर गरिएको छ भने यसको लागि एउटा भिन्नै कोचको व्यवस्था छ ताकि कम मूल्यमा रोगीहरूलाई अस्पतालसम्म पुऱ्याउन सकियोस्। यस ट्रेनमा दिव्याङ्गहरूको लागि पनि भिन्नै सीट तयार गरिएको छ।
