नयाँ दिल्ली, 05 नोभेम्बर : दिल्लीमा बढ़्गो वायु प्रदूषणलाई मध्यनजर गर्दै प्राथमिक तहका पाठशालाहरूलाई आगामी शुक्रवार (10 नोभेम्बर)-सम्मका लागि बन्द राखिनेछ भने छैटौंदेखि बाह्रौं कक्षासम्मका विद्यालयहरूलाई अनलाइन क्लास संचालन गर्ने विकल्प दिइएको छ।
दिल्ली सरकारकी शिक्षामन्त्री आतिशीले आइतवार उपरोक्त आशयको जानकारी गराइन्। उनले एक्समा भनिन्, वायु प्रदूषणको स्तर अत्यन्त खराब श्रेणीमा कायम छ। यसैले दिल्लीका प्राथमिक पाठशालाहरू आगामी 10 नोभेम्बरसम्मका लागि बन्द रहनेछन्। ग्रेड 6-12-सम्मका विद्यालयहरूलाई अनलाइन कक्षामा शिफ्ट गर्ने विकल्प दिइएको छ।
उल्लेखनीय छ, दिल्लीमा वायु गुणस्तर सूचकाङ्क 450- देखि माथि कायम छ। यसले गर्दा अहिलेघरि राजधानीको आवहावा खतरनाक स्तरमा प्रदूषित भएको छ। यसलाई लिएर विभिन्न स्तरमा प्रतिबन्ध लगाइएको छ।
