भाजपा नेताको वाहन सीआईएफको वाहनसित ठोक्किएको पुलिसको दाबी
कोलकाता, 4 मार्च: प्रदेश भाजपा अध्यक्ष सुकान्त मजुमदारको वाहन दुर्घटनाग्रस्त भएको छ। यस दुर्घटनामा तीनजना मानिसहरू घाइते भएका छन्। त्यै वाहनमा मजुमदार पनि सवार थिए। गए आइतवार राती भएको यस दुर्घटनालाई लिएर बंगाल भाजपाले आरोप लगाएको छ, पश्चिम बंगाल पुलिसको वाहनले नियोजित रूपमा मजुमदारको वाहनलाई ठक्कर दियो ताकि उनको ज्यान लिन सकोस्। यद्यपि बंगाल पुलिसद्वारा बताइएको छ, दुर्घटनासित बंगाल पुलिसको कुनै सरोकार छैन। सोमवार एकजना अधिकारीले बताए, सीआईएसएफको वाहनसित दुर्घटना भयो जुन केन्द्र सरकारद्वारा उपलब्ध गराइएको हो र जो सुकान्त मजुमदारको सुरक्षामा तैनाथ रहन्छ।
पुलिसको जानकारी अनुसार मजुमदारको कार नदिया जिल्लाको शान्तिपुरमा राष्ट्रिय राजमार्ग-34 मा पुलिस ब्यारिकेडसित ठोक्कियो। अर्कोतिर मजुमदारले भने, यो दुर्घटना त्यसबेला भयो जतिबेला उनको कारले बसभन्दा अगाड़ि जाने प्रयास गरिरहेको थियो। उनले बताए, कारमा सवार तीनजना मानिसहरू घाइते भएका छन्। उनले भने, ‘‘बसले राजमार्गको किनारलाई अवरूद्ध गरिरहेको थियो, मेरो कार चालकले वाहनलाई त्यो बसभन्दा अगाड़ि जाने प्रयास गरे अनि पुलिसले त्यै दिशामा राखेको अवरोधकसित कार ठोक्कियो। म सुरक्षित छु, तर मेरो कारमा सवार अन्य तीनजनालाई चोट लाग्यो।’’
मजुमदारलाई पार्टीले दोस्रो पटक बालुरघाट लोकसभा सीटबाट मैदानमा उतारेको छ। उनी त्यसबेला एक फुटबल टुर्नामेन्टमा सामेल भएर फर्किरहेका थिए। उनले यो पत्तो लगाउनको लागि जाँच गर्ने माग गरेका छन्, के यो दुर्घटना राज्यमा विपक्षी दल भाजपका नेताहरूलाई लक्ष्य बनाउने कुनै षड़यन्त्र थियो? एकजना पुलिस अधिकारीले उक्त दुर्घटनाको लागि सड़कमा भइरहेको मरम्मत कार्यलाई जिम्मेवार ठहर गरे। यसबीच भाजपाको पश्चिम बंगाल एकाईले पुलिस पायलट वाहन सहित दुईवटा कारहरूको तस्वीर साझा गरी दाबी गरेको छ, मजुमदार एक प्राणघातक आक्रमणको शिकार भएका छन्। पार्टीले एक्समा भन्यो, ‘‘बंगालका मानिसहरूको समर्थनले गर्दा मजुमदारलाई बचाइयो। घाइते सुरक्षाकर्मीहरूलाई अस्पतालमा भर्ती गरिएको छ।’’
भाजपाको दाबीको जवाफ दिँद पश्चिम बंगाल पुलिसले भन्यो, मजुमदार राष्ट्रिय राजमार्ग- 34 भएर कृष्णानगर तर्फ गइरहेका थिए, त्यैबेला उनको सुरक्षामा सामेल सीआईएसएफको वाहनले शान्तिपुर पुलिस थाना क्षेत्र अन्तर्गत गोविन्दपुर नजिक उनको कारलाई ठक्कर दियो। दुर्घटनाको जाँच जारी छ।
