चण्डीगढ़, 10 जुलाई (हि.स.)। हरियाणाको पाँच जिल्लामा आज बिहान भूकम्पको झटका महसूस गरियो। यस अवधि दिल्ली, नोएडा, गुरूग्राम, फरीदाबाद र वरपरका क्षेत्रहरूमा पनि भूकम्पको तीव्र झटका महसूस गरियो। प्रदेशका अधिकतर हिस्साहरूमा बुधवार अबेर रातिदेखि लगातार पानी परिरहेको छ। वर्षामा भूकम्पको झटकाले मानिसहरूमा कोकोहोलो मचियो।
गुरूग्राम, रोहतक, सोनीपत, झज्जर, हिसार सहित धेरै हिस्साहरूमा बिहीवार बिहान लगभग 9.05 बजी भूकम्पको झटका महसूस गरियो। यसको केन्द्र झज्जर रह्यो। भूकम्पको तीव्रता रिक्टर स्केलमा 4.1 मापियो। यहाँ लगभग 10 किमी गराईमा हलचल महसूस गरिएको छ। केहीले जमीनमुनि ट्रेन कुदेको सरह आवाज सुनिएको दाबी गरे त केहीले डरलाग्दो आवाज सुनेको बताए।
सोनीपत निवासी अजयदीप अनुसार, यस प्रकारको झटका पहिले कहिले महसूस गरिएन। मानिसहरू आ-आफ्नो घरबाट बाहिर निस्के। अधिकर मानिसहरू आफ्नो अफिस र दैनिक कामकाज शुरू गर्ने तयारीमा थिए।
गुरूग्राम निवासी नर्सिङ अफिसर पूनम सहरावतले बताइन्, झटका केही सेकेन्डसम्म रह्यो तर त्यसको अनुभव भएको छ। धेरै जना डरले आफ्नो घरबाट बाहिर निस्के। यसबीच आपदा प्रबन्धन विभागका प्रवक्ताले बताए, भूकम्पपछि जिल्लाहरूमा रिपोर्ट लिँदैछ। अहिले कतैबाट कुनै ज्यानमालको नोकसानको खबर पाइएको छैन।
हिन्दुस्थान समाचार / भवानी थामी
