नयॉं दिल्ली, 10 फरवरी : पूर्व प्रधानमन्त्री चौधरी चरण सिंहलाई भारत रत्न दिइने विषयलाई लिएर राज्यसभामा शनिवार चर्चा चलिरहेको थियो। यस बिच नेता प्रतिपक्ष मल्लिकार्जुन खडगे र कांग्रेसका अन्य सदस्यहरूले हंगामा शुरू गरे। यसलाई ध्यानमा राख्दै राज्यसभाका सभापति जगदीप धनखड़ले खड़गेको नाम लिॅंदै भने, ‘तपाई बस्नुहोस्, म सदनमा चौधरी चरण सिंहको अपमान हुन दिने छुइन।’
धनखड़ले भने, ‘चौधरी चरण सिंहलाई भारत रत्न दिने निर्णयप्रति तपाई खुशी हुनु पर्ने हो, तर तपाईहरूले सदनको कार्यवाहीलाई बाधित गरिरहनु भएको छ।’
सदनमा बढ्दो हंगामालाई ध्यानमा राख्दै केन्द्रिय मन्त्री पीयूष गोयलले भने, ‘विपक्षी दलका सदस्यहरूले चौधरी साहबको अपमान गरेका छन्। यसको निम्ति माफी माग्नु पर्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले चौधरी चरण सिंहलाई भारत रत्नले सम्मानित गर्ने निर्णय लिएका छन्, यो गर्वको क्षण हो। वास्तवमा कांग्रेसले खुशी मनाउनु पर्ने हो, तर चौधरी साहबको अपमान गरिरहेको छ।’
सदनमा चर्चा अवधि आरएलडीका मुखिया चौधरी चरण सिंहको नाती जयन्तले भने, ‘चौधरी चरण सिंहलाई भारत रत्न दिने निर्णय एकदमै ठूलो हो। यसको निम्ति प्रधानमन्त्री मोदीलाई धन्यवाद। यो निर्णयले देशमा खुशीको माहोल छ।’
