कोलकाता राज्यमा स्कूल सेवा आयोग (एसएससी) को माध्यमले भएको 25 हजारभन्दा धेरै नियुक्तिहरूलाई कलकत्ता हाईकोर्टबाट रद्द गरिएपछि हाईकोर्टका पूर्व न्यायाधीश एवं तमलुक लोकसभा सीटबाट भाजपा उम्मेदवार अभिजीत गांगुलीले मुख्यमन्त्री ममता ब्यानर्जीमाथि तीखो हमला गरेका छन्।
उनले हाईकोर्टको फसेलाको स्वागत जनाउँदै ममता ब्यानर्जीको तुरन्तै राजीनामाको माग गरेका छन्।
उनले भने, अदालतले उचित फसेला दिएको छ तर आज मेरो निम्ति राहतको दिन होइन किनभने मेरो राज्य यही मुख्यमन्त्रीको अधीन चलिरहेछ। वास्तविक पात्र नौकरी चाहनेहरू यतिका लामो समयदेखि वञ्चित छन्। आशा छ, उनीहरूका लागि आवश्यक व्यवस्था गरिनेछ। योग्य उम्मेदवारहरूलाई वञ्चित गरिएको छ। वञ्चित हुनेहरूमा हिन्दू र मुस्लिम पनि सामेल छन्। ऱाष्ट्रपति शासन अन्तर्गत चुनाउ हुनुपर्छ।
हाईकोर्टका जज रहँदा जस्टिस अभिजीत गांगुलीले नै शिक्षक नियुक्ति भ्रष्टाचार मामिलाको सीबीआई जाँचको आदेश दिएका थिए। उनका धेरै फसेलाहरूमा लगातार खण्डपीठको रोक लागेको थियो तर सुप्रिम कोर्टसम्म चिट्ठी लेखेर खण्डपीठका ती जजहरूमाथि उनले प्रश्न चिह्न खड़ा गरेका थिए, जसले रोक लगाइरहेका थिए। अन्ततः देशको शीर्ष अदालतमा उनकै फसेलालाई हरियो झण्डा दिँदै मामिलाको सीबीआई जाँच जारी राख्ने आदेश दिएको थियो। यसैले गर्दा आज यो फसेला आएको छ।
