नयाँ दिल्ली, 24 जनवरी : प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय बालिका दिवसमा बालिकाहरूको अदम्य भावना अनि उनीहरूका उपलब्धिहरूलाई नमन गरेका छन्। उनले भने, हामीले सबै क्षेत्रमा प्रत्येक बालिकाको समृद्धि क्षमतालाई पहिचान गरेका छौं।
प्रधानमन्त्री मोदीले एक्स ह्याण्डलमा लेखेका छन्- ”राष्ट्रिय बालिका दिवसमा हामी बालिकाहरूका अदम्य भावना एवं उपलब्धिहरूलाई नमन गर्दछौं। हामी सबै क्षेत्रमा प्रत्येक बालिकाको समृद्ध क्षमतालाई पनि चिन्दछौं। उनीहरू परिवर्तन-निर्माता हुन् ज सले देश अनि समाजलाई सर्वोत्कृष्ट बनाउँछन्। पछिल्लो दशकदेखि हाम्रो सरकार एउटा यस्तो राष्ट्र निर्माणको लागि प्रयासरत छ जहाँ प्रत्येक बालिकालाई शिक्षण, उन्नति गर्ने अनि अग्रसर हुने अवसर प्राप्त होस्।”
