सूरत, 12 फरवरी : सूरतदेखि अयोध्या गइऱहेको आस्था स्पेशल ट्रेनमा आइतवार अबेर राति महाराष्ट्रको नन्दरबार नजिक ढुंगामुड़ा गरियो। यस घटनामा कोही हताहत भएको सूचना छैन। रेलवे पुलिसले मामिलाको जाँच शुरू गरेको छ।
आइतवार साझँ केन्द्रिय रेल राज्यमन्त्री दर्शना जरदोशले सूरतदेखि अयोध्या जाने आस्था स्पेशल ट्रेनलाई हरियो झण्डा देखाएकी थिइन्। जब ट्रेन राति लगभग 10.45 बजी नन्दुरबार पुग्यो तब एकाएक ट्रेनमाथि ढुंगामुड़ा गरिनु शुरू भयो। धेरै ढुंगा ट्रेनमाथि फ्याँकियो। यस घटनामा एक-दुई ढुंगा झ्याँलबाट भित्र पनि पस्यो। यसबाट बोगीमा बसेका यात्री केही बेरको निम्ति डराए। मानिसहरूले दैलो बन्द गरे।
ट्रेनमा सवार केही प्रत्यक्षदर्शीहरूको भनाई छ, 10-12 ढुंगा ट्रेनभित्र पस्यो। यद्यपि, कसैलाई गम्भीर चोट लागेन। सूरतको बजरंग दलका संयोजक अजय शर्माले भने, हामी सबै ट्रेनमा बसेका थियौं, यही अवधि ट्रेनमा ढुंगा फ्याँकिएको आवाज सुनियो। अँध्यारो भएको कारण बाहिरबाट कसले ढुंगा फ्याँक्यो, थाहा भएन। घटनाको समय सिग्नल नभएको कारण ट्रेन सुस्त गतिमा कुदिरहेको थियो। ढुंगामुड़ाको कारण एच-7, एच-10 कोचमा ढुंगा लागेको जानकारी छ।
