इटावा, 04 फरवरी : छत्तीसगढ़को दन्तेवाड़ामा आईईडी ब्लास्टमा घाइते भएका उत्तर प्रदेशको इटावा जिल्ला अन्तर्गत ग्राम किल्लीका वासिन्दा सीआरपीएफ जवानको उपचारको क्रममा मृत्यु भयो। मृत्युको खबरले जिल्लाभरि शोक छाएको छ। जिल्लाधिकारी अनि एसएसपीले शहीद भएका जवानको घरमा पुगेर परिवारलाई सान्तवना दिए। गए शनिवार अबेर राती जवानको पार्थिव शरीरलाई एयर एम्बुलेन्सको माध्यमबाट गाउँमा ल्याइएको छ। वीर जवानलाई अन्तिम विदाई दिनका लागि आइतवार उनको पैतृक आवासमा हजारौं मानिसहरूको भीड़ एकत्रित भयो।
इटावा जिल्लाको ग्राम किल्ली निवासी गिरीश बाबु जाटव सीआरपीएफमा एएसआईको पदमा छत्तीसगढ़को दन्तेवाड़ामा तैनाथ थिए। गत एक फरवरीको साँझ रूटिन पेट्रोलिङ अवधि नक्सलीहरूको आईईडी विस्फोटमा परी गिरीश बाबु गम्भीर रूपमा घाइते भएका थिए। उनको रायपुरको अस्पतालमा उपचार भइरहेको थियो। उपचारको क्रममै उनले गत 2 फरवरीमा अन्तिम सास लिए।
सूचना पाएर जिल्लाधिकारी अवनीश राय र एसएसपी सञ्जय कुमार वर्माले शहीद जवान गिरीश बाबुको घरमा पुगेर आफन्तहरूलाई सान्तवना दिए अनि अबेर राती एयर एम्बुलेन्सको माध्यमबाट जवानको पार्थिव शरीरलाई गाउँमा ल्याइयो। शहीद जवानका परिवारमा उनकी पत्नी बेबी, दुईवटा छोरा क्रमैले पुष्पराज र विपीन, कान्छी छोरी वैष्णवी र जेठी छोरी प्रियंका छन्। जेठी छोरी प्रियंकाको विवाह भइसकेको छ भने पत्नीले कान्छी छोरी र दुईजना छोराहरूसित गाउँमा बसेर खेतीपाती गर्छन्।
