कोलकाता, 16 मार्च। चुनावी चन्दा (इलेक्टोरल बन्ड) लाई लिएर सर्वोच्च न्यायालयको कड़ा कारबाहीपछि नयॉं तथ्यहरू प्रकाशमा आइरहेका छन्। यस क्रममा पश्चिम बंगालको सत्ताढ़ पार्टी तृणमूल कांग्रेसलाई राज्यमा सबैभन्दा धेरै चुनावी चन्दा प्राप्त भएको जानकारी अघि आएको छ।
इलेक्शन बन्डको जानकारी अनुसार, अप्रेल 2019 देखि जनवरी 2024 सम्म चुनावी बन्डमार्फत पैसा प्राप्त गर्ने सूचीमा तृणमूल कांग्रेस दोस्रो स्थानमा रहेको छ। आंकडा अनुसार, 2021 को विधानसभा चुनाउमा जितपछि तृणमूलको फण्डमा चुनावी बन्डबाट प्राप्त हुने रकममा भारी बढोतरी भएको छ।
चुनाउ आयोगले दिएको गणना अनुसार, यस बन्डबाट भाजपापछि तृणमूलको आय 1609 करोड़ 53 लाख रूपियॉं छ। केन्द्रमा सबै भन्दा लामो समयसम्म शासन गर्ने कांग्रेस पनि तृणमूलभन्दा पछि छ। कांग्रेसको आय 1421 करोड़ 85 लाख रूपियॉं छ।
चुनाउ आयोगको आंकडा अनुसार, अक्टोबर-नोभेम्बर 2020 देखि जनवरी 2021 सम्म चुनावी बन्डमार्फत तृणमूललाई 43.4 करोड़ रूपियॉं प्राप्त भयो। राज्यमा मार्च 2021 को अन्तिम भागदेखि विधानसभा चुनाउ शुरू भएको थियो। अप्रेलमा त्यस मतदान सत्र अवधि तृणमूलले चुनावी फन्डबाट 55.44 करोड रूपियॉंको आय अर्जित गरेको थियो।
मईमा चुनाउ परिणाम घोषित भएपछि तृणमूल राज्यमा तेस्रोपल्ट सत्तमा आयो र जुलाईसम्म अर्थात सत्तामा आएको केवल दुई महिनाभित्र चुनावी बन्डबाट तृणमूललाई 107 करोड 56 लाख रूपियॉंको आय भयो।
