नयॉं दिल्ली,। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल दिल्ली जल बोर्डसॅंग जोडिएको मनी लण्ड्रिङ मामिलामा प्रवर्तन निदेशालय (ईडी) को सोधपुछमा सामेल हुने छैनन्। ईडीले मनी लण्ड्रिङ एक्टको धारा 50 अन्तर्गत केजरीवाललाई समन जारी गरेको थियो।
आम आदमी पार्टीको बयानमा ईडीको समनलाई गैरकानूनी बताइएको छ। यो दोस्रो मामिला हो जसमा पार्टी संयोजक एवं दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमाथि घुस लिएको आरोप लागेको छ। ईडीले आइतवार केजरीवाललाई पहिलोपल्ट एकैसाथ दुईवटा समन पठाएको छ।
यसमा जल बोर्डसॅंग जोडिएको मनी लण्ड्रिङको मामिलामा केजरीवाललाई पहिलोपल्ट समन पठाएर सोधपुछको निम्ति 18 मार्चमा बोलाएको छ। कथित दिल्ली ‘शराब नीति’ भ्रष्टाचारसॅंग सम्बन्धित मामिलामा 9औं पल्ट समन जारी गरेर उनलाई 21 मार्चमा बोलाएको छ।
