नयॉं दिल्ली, । भारत निर्वाचन आयोग (ईसीआई) ले आज दिउॅंसो लगभग तीन बजी यो वर्ष देशमा हुने आम चुनाउको कार्यक्रमको घोषणा राष्ट्रिय राजधानी दिल्लीको विज्ञान भवनमा गर्नेछ। विज्ञान भवनमा आयोजित हुने संवाददाता सम्मेलनमा देशका 543 लोकसभा सीटमा हुने चुनाउको निम्ति मतदानका तारिकहरू घोषणा गरिने छन्।
भारत निर्वाचन आयोगले संवाददाता सम्मेलनको पूर्व सन्ध्यामा उक्त जानकारी आफ्नो आधिकारिक एक्स ह्यान्डलमा दिए। तीन सदस्यको निर्वाचन आयोगमा मुख्य चुनाउ आयुक्त राजीव कुमार, चुनाउ आयुक्तद्वय सुखबीर सिंह संधु र ज्ञानेश कुमार रहेका छन्।
आयोगले यस अवसरमा आन्ध्र प्रदेश, अरुणाचल प्रदेश, ओडिशा, सिक्किम र जम्मू-कश्मीर विधानसभा चुनाउ कार्यक्रम पनि घोषणा गर्न सक्छ। मतदानका तारिकहरूको घोषणासॅंगै आदर्श आचार संहिता लागू हुनेछ।
उल्लेखनीय छ, वर्तमान लोकसभाको कार्यकाल 16 जूनमा समाप्त हुनेछ। नयॉं लोकसभाको गठन त्यसअघि गरिनु पर्नेछ।
