जमुई, 14 नोभेम्बर : बिहारमा बालुवा माफियाको आतङ्क निकै बढेको छ। जमुई जिल्लामा अवैध बालुवा लिएर गइरहेको ट्याक्टरलाई समात्न गएका पुलिस निरीक्षक र उनको टीमलाई ट्याक्टर चालकले कुल्चियो। यसमा पुलिस निरीक्षकको घटनास्थलमै मृत्यु भयो भने अन्य पुलिसकर्मीहरू घाइते भएका छन्। घाइते पुलिसकर्मीहरूलाई अस्पतालमा भर्ती गरिएको छ।
जानकारी अनुसार, जिल्लाको गढी थाना क्षेत्रको रोपाबेल छेउ बालुवा लिएर गइरहेको ट्र्याक्टरले पुलिस वाहनलाई हिर्कायो, जसमा पुलिस निरीक्षकसहित पुलिसकर्मीहरू घाइते भए। घाइतेहरूलाई अस्पतालमा भर्ती गरिएको छ भने पुलिस निरीक्षकको मृत्यु भएको छ।
मृतक पुलिस अधिकारीको नाम 2018 ब्याचका एसआई प्रभात रंजन बताइएको छ। उनी गढी थानामा कार्यरत थिए। जमुई एसपी शौर्य सुमन स्वयं अस्पताल पुगेर घटनाको जॉंच-पडताल गरिरहेका छन्।
