नयाँ दिल्ली, 7 फ़रवरी : बितेका केही दिनदेखिको आम आदमी पार्टीका नेताहरूले ईडीलाई लक्षित गरिरहेका छन्। गए मंगलवार पार्टीका केही वरिष्ठ नेताहरूको ठेगानामा ईडीले छापा माऱ्यो। त्यसपछि दिल्ली सरकारकी मन्त्री आतिशीले केन्द्र सरकारमाथि प्रहार गर्दै भनिन्, ईडी केन्द्र सरकारको मनपर्दो हतियार हो।
बुधवार एक प्रेस वार्ता आयोजना गरी मन्त्री आतिशीले केन्द्र सरकारलाई लक्षित गर्दै भनिन्, गए मंगलवार केन्द्र सरकारको मनपर्दो हतियार ईडीले आम आदमी पार्टीका केही नेताहरूको ठेगानामा छापा माऱ्यो। ईडीले मुख्यमन्त्री अरविन्द केजरीवालका निजी सचिव विभव कुमार र पार्टीका सांसद एनडी गुप्ताको घरमा छापा माऱ्यो। ईडीको यो कारबाही लगभग 16 घण्टासम्म चल्यो।
आतिशीले भनिन्, हैरानीको कुरा के हो भने ईडीका अधिकारीहरूले निजी सचिव विभव कुमार र एनडी गुप्ताको घरमा न त खानतलासी लियो न त कुनै कागजपत्रको जाँच गऱ्यो न त कसैसित जाँचबुझ नै गऱ्यो। मन्त्रीले भनिन्, ईडीको इतिहासमा यो पहिलो पटक भएको होला। कुन आधारमा यो छापामारी गरियो भन्ने कुराको जानकारी पनि अधिकारीहरूले दिएनन्। यस अवधि एक पंचनामा देखाउँदै उनले भने, 16 घणअटाको रेड समाप्त भएपछि यस पंचनामामा हस्ताक्षर गरियो। यस पंचनामामा केस वा ईसीआईआरको कुनै जानकारी उल्लेख गरिएको छैन। आतिशीले उक्त पंचनामालाई ईडीको इतिहासको ऐतिहासिक पंचनामा बताइन्।
उनले अझ भनिन्, मुख्यमन्त्रीका निजी सचवि विभव कुमारको घरमा 16 घण्टासम्म छापामारी गरियो। यस अवधि ईडीका अधिकारीहरू ड्रइङ्ग रूपमा मात्र बसिरहे र सारा दुनियाँभरि नै छापामारीको चटक भइरह्यो। मन्त्री आतिशीले बताइन्, ईडीले सचिवको दुईवटा जी-मेल अकाण्ट डाउनलोड गऱ्यो अनि परिवारका मानिसहरूको तीनवटा फोन रिसिभ गऱ्यो। यसपालि त ईडीले जाँचबुझ र खानतलासीको नाटक पनि गरेन।
अन्तमा आतिशीले आरोप लगाइन्, ईडीको मुद्देश्य छापामारीको माध्यमबाट अरविन्द केजरीवाललाई षड़यन्त्र गरेर फसाउनु हो। कसलाई जेलमा थुन्नुपर्ने पहिला त्यो तय गरिन्छ त्यसपछि कुन मुद्दामा थुन्नुपर्ने हो त्यो तय गरिन्छ।
