हैलाकांदी (असम), 07 फरवरी : हैलाकांदी जिल्लाको धलछरा बिलाईपुर ग्राम पञ्चायतका अध्यक्ष अहमद हुसैन बरभुइयाँ औ हैलाकांदी बारका अधिवक्ता काजी अबु रेहानलाई मतदाता सूचीमा धाँधली गरेको आरोपमा पुलिसले पक्राउ गरेको छ।
पुलिस सूत्रले आज बताएको छ, धलछरा बिलाइपुर ग्राम पञ्चायतका अध्यक्ष अहमद हुसैन बरभुइयाँले पासापोर्ट बनाउनको लागि अलाइन आवेदन गरेका थिए। ग्राम पञ्चायत अध्यक्ष अहमद हुसैन बरभुइयाँ पासपोर्टको लागि कागजपत्रहरूको जाँच गराउनको लागि हैलाकांडी जिल्ला पुलिस अधीक्षकको कार्यालय गएका थिए।
कागजपत्र जाँच गर्ने क्रममा पुलिसलाई भोटर कार्ड नक्कली रहेको शंका लाग्यो, त्यसपछि पुलिसले अहमद हुसैन बरभुइँचालाई पक्राउ गऱ्यो। अर्कोतिर यसै मामिलामा हैलाकांदी जिल्ला बार एसोसिएशनका अधिवक्ता काजी अबु रेहानलाई पनि पुलिसले पक्राउ गरेको छ। यसबीच अधिवक्तामाथि कथित रूपमा मीडियाकर्मीहरूसित दुर्व्यवहार गरेको आरोप लागेको छ। हाल ग्राम पञ्चायत अध्यक्ष अनि अधिवक्ता पुलिसको कब्जामा छन् भने दुवैसित पुलिसले जाँचबुझ गरिरहेको छ।
