कासगंज, फरवरी : उत्तर प्रदेशको कासगंज जिल्लामा शनिवार बिहान भएको ट्र्याक्टर ट्रली दुर्घटनामा मर्नेहरूको संख्या बढेर 22 पुगेको छ। दुईजना नानी हराएका छन्। यस घटनामा 16 जनालाई बचाइएको छ, जसमा केही मानिसहरूको उपचार चलिरहेको छ। वाहनमा 40 जना सवार थिए।
जिल्ला प्रशासन अनुसार, पटियाली क्षेत्रको दरियागंजमा बिहान 40 जना श्रद्धालुले भरिएको ट्र्याक्टर-ट्रली पोखरीमा झर्दा यो दुर्घटना भएको हो। दुर्घटनामा मर्नेहरूको संख्या बढेर 22 पुगेको छ भने दुईजना नानी हराएका छन्। उनीहरूको खोजी जारी रहेको छ।
स्थानीय पुलिस अनुसार एटा जिल्लाको थाना जैथरा क्षेत्रको ग्राम कसा र खिरियाबाट ट्र्याक्टर ट्रलीमा श्रद्धालुहरू गंगा स्नानको निम्ति कादरगंज घाट गइरहेका थिए। दरियागंज छेउ अनियन्त्रित भएर ट्र्याक्टर ट्रली पोखरीमा झर्यो। ट्र्याक्टर ट्रलीमा सवार 40 जना मध्ये 22 जनाको मृत्यु भये भने दुईजना नानी हराएका छन्।
