कोलकाता, फरवरी: सन्देशखालीमा पक्रा परेका माकपाका पूर्व विधायक निरापद सरदारको घरमा शनिवार युवा माकपा नेता मिनाक्षी मुखर्जी पुगिन्। उनले सरदारका परिवारसित बातचित गरिन्। यसपूर्व मिनाक्षी मुखर्जीलाई सन्देशखालीमा जानदेखि पुलिसले रोक्ने प्रयास गऱ्यो जसकारण मुखर्जीको पुलिससित विवाद पनि भयो। सरदारका परिवारसित भेटघाट गरेपछि वरपरका मानिसहरूसित बातचित गर्न गएकी मीनाक्षी मुखर्जीको फेरि पुलिसकर्मीहरूसित भिड़न्त भयो।
उनले भनिन्, गैरकानूनी काम नगर्नुहोस्। मेरो नाममा कुनै आपराधिक रेकर्ड छैन। म कसैसित पनि भेट गर्नसक्छु, कसैसित पनि बातचित गर्नसक्छु। मलाई रोक्ने अधिकार कुनै पुलिसलाई छैन। उनले भनिन्, क्षेत्रमा धारा 144 लागू भएको भए पनि एकजना व्यक्तिलाई घुम्नदेखइ तपाईहरूले रोक्न सक्नुहुन्न। मानिसहरूसित म बातचित गर्नेछु। कसैले रोक्न सक्दैन।
मिनाक्षीले भनिन्, स्थानीय मानिसहरूले सिकायत गरेका छन्। मानिसहरूको जमीनमाथि कब्जा गरिएको छ। पुलिस पनि अपराधीहरूको पक्षमा छ। हामी यस्तै कुराहरू गर्नको लागि यहाँ आएका हौं। हामीलाई रोकिँदैछ। तृणमूल नेताद्वय पार्थ भौमिक, सुजित बोस सन्देशखालीमा घुमिरहेको सन्दर्भमा उनले भनिन्, यिनीहरू त शाहजहाँको पार्टीका मानिसहरू हुन्। यिनीहरू मानिसहरूको सिकायत सुन्न आएका होइनन्, मानिसहरूलाई धम्काउन आएका हुन्। जतिबेला यिनीहरूको पार्टीको मान्छेले स्थानीय मानिसहरूको जमीनमाथि कब्जा गरिरहेको थियो त्यसबेला यिनीहरू कहाँ थिए? ममता ब्यनर्जीले दुआरे सरकार योजनाको कुरा गर्दछन्। तर त्यसबेला दुआरे सरकारको शिविर कहाँ थियो? केवल तृणमूल शासनमा मानिसहरूलाई प्रताड़ित गरिँदैछ।
