नयाँ दिल्ली, 15 दिसम्बर (हि.स.)। संसदको सुरक्षामा भएको चूकका मुख्य षड़यन्त्रकारी ललित झा दिल्ली पुलिसको कब्जामा परेका छन्। भाजपा आईटी सेलका प्रमुख अमित मालवीयले लगभग सात घण्टाअघि ललित झालाई पक्राउ गरिएको महत्वपूर्ण सूचना एक ह्याण्डलमा साझा गरेका छन्।
दिल्ली पुलिसले बताए अनुसार ललित झाले गए बिहीवार राती समर्पण गरे। तिनीसित पुलिसले जाँचबुझ गरिरहेको छ। ललितको खोजीमा पुलिसले धेरैवटा ठाउँमा छापा मारेको थियो। यस घटनाको सिलसिलेमा पुलिसले केही आरोपीहरूलाई पहिला नै पक्राउ गरिसकेको छ। आरोपीहरूविरूद्ध दिल्लीमा भारतीय दण्ड संहिता औ अवैधानिक गतिविधि (रोकथाम) अधिनियम (यूएपीए)- का विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
उक्त घटना गत बुधवार अपरान्ह घटेको थियो जतिबेला लोकसभामा पीठासीन अधिकारी राजेन्द्र अग्रवालले शून्यकालको कारबाहीलाई सञ्चालन गरिरहेका थिए। मालदा उत्तरबाट भाजपा सांसद खगेन मुर्मूले आफ्नो कुरा राखिरहेका थिए। त्यसैबेला दुईजना व्यक्तिले दर्शक दीर्घाबाट सदनमा हाम फाल्यो। नीलो रङ्गको ज्याकेट पहिरिएका एक व्यक्ति सांसदहरूको सीटतिर भाग्न थाले। उसले तीनवटा पङ्क्तिलाई नाघेर आसन तर्फ जाने प्रयास गरेको थियो।
भागा-भाग भइरहेको अवस्थामा केही सांसदहरूले आँट गरेर उसलाई घेरे। मार्शल पनि दौड़ेर आयो। त्यसबेला युवकले आफ्नो जुत्ताबाट कुनै पदार्थ निकाल्यो, त्यसपछि त्यहाँ पहेंलो रङ्गको धुँवा फैलिनथाल्यो। पछि सांसद अनि मार्शलहरूले मिलेर दुवैलाई समाते। त्यसपछि पीठासीन अधिकारीले कार्यवाही स्थगित गरेका थिए।
हिन्दुस्थान समाचार/उष्णता
