कोलकाता, 16 दिसम्बर (हि.स.)। महानगर कोलकाता समेत राज्यका अन्य हिस्साहरूमा मौसम अझ् चिसो भएको छ। यस हप्ता तापक्रममा ह्रासको क्रम जारी छ। शुक्रवार तापक्रममा व्यापक स्तरमा ह्रास दर्ता गरिएको छ। यसका साथै आज मौसमको सबैभन्दा चिसो दिन हो।
मौसम विभागको तर्फबाट जानकारी गराइए अनुसार, कोलकातामा न्यूनतम तापक्रम 14.7 डिग्री सेल्सियस रेकर्ड गरिएको छ, जुन सामान्यभन्दा एक डिग्री कम छ। यस मौसममा पहिलो पल्ट तापक्रम लगभग 14 डिग्री सेल्सियस पुगेको हो। अधिकतम तापक्रम पनि सामान्यदेखि तीन डिग्री तल झऱेर केवल 25 डिग्री सेल्सियस पुगेको छ। यसले गर्दा सर्दी बढ़ेको छ।
कोलकाता बाहेक हावड़ा, हुगली, उत्तर र दक्षिण 24 परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरूलिया, बांकुड़ा समेत राज्यका अन्य हिस्साहरूमा पनि ह्रास दर्ता गरिएको छ र अधिकतर क्षेत्रहरूमा न्यूनतम तापक्रम 11 डिग्रीदेखि 13 डिग्री सेल्सियसबीच बनेको छ, जसले गर्दा सर्दी बढ़ेको छ। उत्तर बंगालको अलीपुरद्वार, कूचबिहार, जलपाइगढ़ी, दार्जीलिङ र कालेबुङमा पनि तापक्रम सामान्यदेखि 3-4 डिग्री सेल्सियस तल झरिरहेछ, जसले गर्दा त्यहाँ कठ्याङ्ग्रिने जाड़ो परिरहेछ।
मौसम विभाग अनुसार, सप्ताहान्तसम्म तापक्रम अझ् झर्नेछ। आकाश पनि सफा छ र तापक्रममा ह्रास हुने क्रम जारी रहनेछ, जसले गर्दा सर्दी अझ् बढ्नेछ। साझँ पर्नसाथ कुइरो लागिरहेछ, जसले गर्दा दृश्यता कम भएको छ। वाहन चालकहरूलाई सावधानीले वाहन कुदाउने परामर्श दिइएको छ।
हिन्दुस्थान समाचार/भवानी
