माजुली (असम), 28 दिसम्बर (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघका सरसंघचालक डा. मोहन भागवतले बिहिवार भने, जसरी हरेक व्यक्तिको निश्चित स्वभाव हुन्छ, त्यसरी नै हरेक राष्ट्रको आफ्नो चरित्र हुन्छ। राष्ट्रको स्वभाव उसको संस्कृतिबाट आउॅंछ। भारतको संस्कृति सर्वसमावेशी छ। सर्वसमावेशी संस्कृति भारतमा मात्र छ।
डा. भागवत असमको उत्तर माजुली कमलाबारी क्षेत्रमा आयोजित पूर्वोत्तर सन्त मणिकांचन सम्मेलन 2023 लाई सम्बोधित गरिरहेका थिए। उनले भने, आजको समयमा विश्वलाई शान्ति र सहअस्तित्वको सन्देश र यसमा केन्द्रित जीवन-पद्धति उपलब्ध गराउनका लागि भारत उभिनुपर्छ। यस कार्यको निम्ति सन्तहरू नै समाजमा अगाडि आउनुपर्छ। उनले स्मरण गराउॅंदै भने, हामी सबैका पूर्वज एक हुन्। हामी सबैले आफ्नो विविधतालाई पालन गर्दै हाम्रो एकतालाई अगाडि लैजानु पर्छ। एकता समरुपता होइन तर समभाव हो। सरसंघचालकले सेवाको माध्यमद्वारा शिक्षा, स्वास्थ्य र रोजगार आदिको माध्यमद्वारा समाजलाई स्वावलम्बी बनाउन बल दिए।
संघ प्रमुख डा. भागवतले भने, संस्कारहरूको साथमा परिवारहरूमा राष्ट्रिय सजगताको अत्यन्त आवश्यकता छ। हाम्रा नयॉं पीढीसम्म यो भाव र हाम्रो श्रेष्ठ आध्यात्मिक मूल्यहरू पुऱ्याउने काम सबै धर्माचारीहरू र उनका मठ-मन्दिरहरूले गर्नुपर्छ। जसरी महापुरुष श्रीमन्त शंकरदेवले आफ्नो श्रेष्ठ जीवन व्यवहारले आफ्नो समाजको सुधार गरे, त्यसरी नै हामीले पनि संगठित शक्तिद्वारा वर्तमान कुरीतिहरूलाई समाप्त गर्नुपर्छ।
यस सम्मेलनमा पूर्वोत्तरका सबै सम्प्रदायहरूको समस्याहरूमाथि चिन्तन-मनन भयो। यस दुई दिवसीय सम्मेलनमा पूर्वोत्तर भारतका प्रमुख सन्तहरूमा त्रिपुराको शांतिकाली आश्रमबाट चितरंजन जी महाराज, उत्तर कमलाबारी सत्रको जनार्दनदेव गोस्वामी, आऊनी आटी सत्र, दक्षिणपात सत्र, गड़मूर सत्र, बरपेटाको श्री सुंदरिया सत्र, नामसाई बोधि बिहारको श्री भंते, परशुराम कुंडको बाबा श्रीमंत शंकरदेव संघ, जयंतिया हिल्सको डलोई श्री पूरामोन किंजिन, झेलियांग रांग हररका, बोड़ो बलि बाथो समाज, राजश्री भाग्यचन्द्र फाउंडेशन मणिपुर, लखीमन संघ, कार्गु गामगी समाज र असम सत्र महासभा आदिका सन्तहरू उपस्थित थिए। सरसंघचालक डा. भागवतको दुई दिवसीय माजुली प्रवासको समापन शुक्रवार एक जनसभापछि हुनेछ।
हिन्दुस्थान समाचार/बिशाल
