
मुम्बई, 31 अक्टोबर : महाराष्ट्रमा मराठा आरक्षणको मुद्दालाई लिएर भइरहेको आन्दोलनलाई मध्यनजर गर्दै गए सोमवार अबेर राती राज्यपाल रमेश बैसले मुख्यमन्त्री एकनाथ शिन्देलाई राजभवनमा बोलाएर विस्तृत चर्चा गरे। त्यसपछि मुख्यमन्त्री एकनाथ शिन्देले उपमुख्यमन्त्री देवेन्द्र फडणवीससित चर्चा गरे। मुख्यमन्त्रीले अधिकारीहरूसित विस्तृत चर्चा गर्दै स्थितिलाई नियन्त्रण गर्ने निर्देश दिएका छन्। यदि हिंसा रोकिएन भने मङ्गलवार केही जिल्लाहरूमा कर्फ्यू लगाउने सम्भावमा छ।
आन्दोलनकारीहरूले गए सोमवार दिनभरि नै बिड़, जालना, छत्रपति सम्भाजी नगर, हिङ्गोली, नासिक आदि जिल्लाहरूमा नेताहरूको घर अनि कार्यालयहरू तोड़फोड़ गर्ने, आगो लागाइदिने जस्ता गतिविधिहरू गरे। स्थितिको गम्भीरलाई केन्द्र गर्दै राज्यपाल रमेश बैसले गए सोमवार अबेर साँझ मुख्यमन्त्रीलाई राजभवनमा बोलाए। त्यसपछि मुख्यमन्त्री एकनाथ शिन्दे अबेर राती राजभवनमा पुगे। दुवैमाझ लगभग चालीस मिनटसम्म चर्चा भयो।
हिजो मुख्यमन्त्रीले भनेका थिए, उनी मराठा समाजलाई आरक्षण दिनका लागि तयार छन्, तर उनलाई केही समय चाहिन्छ। तथापि मराठा नेता मनोज जाराङ्गे आफ्नो हठमा कायम छन्। मराठा आन्दोलनकारीहरूले समृद्धि हाइवे सहित अन्य ठाउँमा यातायातमाथि रोक लगाएका छन्। जालनाको बदनापुरमा ट्रेनलाई रोक्ने प्रयास पनि गरेका थिए।
