नयाँ दिल्ली, 19 अगस्त (हि.स.)। इन्डी गठबन्धनले उपराष्ट्रपति पदको चुनाउको निम्ति सुप्रीम कोर्टका पूर्व न्यायाधीश बी सुदर्शन रेड्डीलाई आफ्नो उम्मेदवार बनाएको छ। कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेको आवासमा मंगलवार इन्डी गठबन्धनको घटक दलहरूको बैठकपछि यसको औपचारिक घोषणा गरियो।
कांग्रेस अध्यक्ष खरगेले यस अवसरमा भने, बी सुदर्शन रेड्डी देशका सबैभन्दा प्रतिष्ठित र प्रगतिशील न्यायविदरूमध्ये एक हुन्। उनले आन्ध्र प्रदेश उच्च न्यायालयमा न्यायाधीश, गौहाटी उच्च न्यायालयको मुख्य न्यायाधीश र सर्वोच्च न्यायालयको न्यायाधीशको रूपमा लामो र उत्कृष्ट कार्य गरेका छन्।
खरगेले भने, रेड्डी सदैव सामाजिक, आर्थिक र राजनीतिक न्यायको पक्षधर रहेका छन्। उनी एक साधारण परिवारबाट आएका हुन् र उनको धेरै एतिहासिक न्यायिक टिप्पणीहरू गरीब र वञ्चितहरूको पक्षमा रहेको छ। उनले संविधान र मौलिक अधिकारहरूको रक्षामा अहम भूमिका निभाएका छन्। यो उपराष्ट्रपति पदको लड़ाई एक वैचारिक संघर्ष हो र यसैले गर्दा इन्डी गठबन्धनले सर्वसम्मतिले रेड्डीलाई उम्मेदवार बनाएको छ। रेड्डीले 21 अगस्तमा नामांकन दर्ता गर्नेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी
