नयॉं दिल्ली, 21 फरवरी : केन्द्रिय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री डा. मनसुख मण्डावियाले प्रधानमन्त्री नरेन्द्र मोदीको सपना एक स्वस्थ भारत, एक विकसित भारत बनाउनु हो भनी बताएका छन्। एउटा यस्तो भारत जसमा प्रत्येक नागरिकलाई समयमा गुणवत्तपूर्ण स्वास्थ्य सुविधाहरू प्राप्त होस्, सबैलाई सहज रूपमा र सस्तो औषधि उपलब्ध होस्।
बुधवार असमको डिब्रूगढ़मा भारतको पूर्वोत्तर राज्यहरूको निम्ति सुलभ र सस्तो स्वास्थ्य सेवा प्रदान गर्नका लागि अनुसन्धान प्राथमिकतामाथि क्षेत्रीय परामर्शदात्री कार्यशाला भर्चुअल उद्घाटन गर्दै उनले उक्त कुरा भनेका हुन्।
केन्द्रिय मन्त्रीले भने, सरकारले आवश्यक चिकित्साको आधारमा आवश्यक स्वास्थ्य प्रौद्योगिकमाथि काम गरिरहेको छ। यो प्रयासले आगामी दिनहरूमा सबै मानिसहरूका लागि स्वास्थ्य तकनीकी उपलब्ध, सुलभ, सस्तो र न्यासंगत बनाउने छ। सरकारको यो प्रयासले धनी-गरीब नछुट्याई सबैलाई समान रूपले स्वास्थ्य सुविधा उपलब्ध गराउने छ।
कार्यशालाको आयोजन स्वास्थ्य अनुसन्धान विभाग (स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालय, भारत सरकार) भारतीय सार्वजनिक स्वास्थ्य संस्थान, शिलङ र भारतीय चिकित्सा अनुसन्धान परिषद- क्षेत्रीय चिकित्सा अनुसन्धान केन्द्र, डिब्रूगढ़द्वारा संयुक्तरूपमा गरिएको थियो। यस अवसरमा केन्द्रिय स्वास्थ्य एवं परिवार कल्याण राज्यमन्त्री डा. भारती प्रवीण पवार र मेघालय सरकारको स्वास्थ्य एवं परिवार कल्याण मन्त्री डा. माज़ेल अम्पारीन लिंगदोह पनि उपस्थित थिए।
