
-श्री केदारनाथ धामको कपाट भाइटीकाको दिन बन्द हुनेछ
बद्रीनाथ/केदारनाथ,16 अक्टोबर (हि.स.)। शीतकालको लागि श्री बदरीनाथ धामको कपाट बन्द हुने तिथि आगामी 24 अक्टोबर, विजयदशमी पर्वको अवसरमा बदरीनाथ धाममा तय गरिनेछ भने भगवान श्री केदारको कपाट आगामी 15 नोभेम्बर, भाइटीकाको दिन शीतकालको लागि बन्द गरिनेछ।
कपाट बन्द हुने तिथि घोषणा गर्नका लागि श्री बदरीनाथ मन्दिर परिसरमा धार्मिक समारोह आयोजना गरिन्छ। कार्यक्रम अनुसार श्री बदरीनाथ-केदारनाथ मन्दिर समिति (बीकेटीसी)-का अध्यक्ष अजेन्द्र अजयको उपस्थितिमा रावल एवं धर्माधिकारीहरूले पञ्चाङ्ग गणना पश्चात कपाट बन्द हुने शुभ मुहूर्तको घोषणा गर्नेछन्। यस अवसरमा बीकेटीसी उपाध्यक्ष किशोर पँवार, मुख्य कार्याधिकारी योगेन्द्र सिंह सहित अधिकारी कर्मचारी, हक-हकुकधारी उपस्थित रहनेछन्।
बीकेटीसीका मीडिया प्रभारी डा. हरीश गौड़ले बताए, बदरीनाथ धामको कपाट बन्द हुने तिथि तय गर्ने कार्यक्रममा यात्रा वर्ष 2024- को लागि मन्दिर भण्डारको जिम्मेवारी अन्तर्गत मन्दिर समितिले हक-हकुकधारीहरूलाई पगड़ी भेंट गर्नेछ। उनले बताए, श्री केदारनाथ धामको कपाट परम्परागत रूपमा भाइटीकाको दिन आगामी 15 नोभेम्बरमा विधि-विधानपूर्वक बन्द गरिनेछ अनि भगवान केदारनाथको पञ्चमुखी उत्सव मूर्ति शीतकालीन प्रवास अन्तर्गत श्री ओँकारेश्वर मन्दिर उखिमठ पुग्नेछ।
विजयदशमी पर्वमै द्वितीय केदार मद्महेश्वरको कपाट बन्द हुने तिथि श्री ओँकारेश्वर मन्दिर उखिमठ र तृतीय केदार तुङ्गनाथको कपाट बन्द हुने तिथि शीतकालीन गद्दी स्थल मार्कण्डेय मन्दिर मक्कुमठमा तय हुनेछ।
श्री गङ्गोत्री मन्दिर समिति अनुसार श्री गङ्गोत्री धामको कपाट शीतकालका लागि अन्नकुटको अवसरमा आगामी 14 नोभेम्बरको पूवान्ह 11.45 बजे बन्द हुनेछ भने श्री यमुनोत्री धामको कपाट भाइटीकाको दिन आगामी 15 नोभेम्बरमा शीतकालको लागि बन्द हुनेछ।
हिन्दुस्थान समाचार/उष्णता
