पाकिम, 16 अक्टोबर (हि.स.)। पाकिमको ग्रीनफिल्ड एयरपोर्टबाट सोमवार बिहान उद्धार कार्य शुरू गरियो। भारतीय वायु सेनाको एमआई-17 र चिनूक हेलिकप्टरले थाङ्गु र लाचेनमा फसेका सेना, स्थानीय मानिस र मजदुरहरू उद्धार गरेको छ।
आईपीआर विभाग अनुसार, एमआई-17 हेलिकप्टर थाङ्गुबाट सेनाका 6 जवान र 7 जना स्थानीय नागरिक उद्धार गरेर हवाई अड्डा अवतरण गऱ्यो। यस अतिरिक्त, चिनूक हेलिकप्टरले लाचेनबाट 4 जना स्थानीय नागरिकसहित 46 जना मजदुर उद्धार गरेको छ। यसै क्रममा, पवन हंस हेलिकप्टरले पेगोङबाट एकजना नानीसहित 5 जना स्थानीय मानिसलाई उद्धार गरेको छ।
हिन्दुस्थान समाचार/बिशाल
