
मुम्बई, 15 अक्टोबर (हि.स.)। महाराष्ट्रको समृद्धि महामार्ग दुर्घटनाहरूको कारणले यमपुरीको मार्ग भएको छ। हिजो राती छत्रपति सम्भाजी नगर (औरङ्गाबाद)-मा भएको दुर्घटनामा 12 जना मानिसहरूले ज्यान गुमाएपछि मृतकहरूको परिवारमा शोकको लहर छाएको छ। समयको बचत अनि सुरक्षित यात्राको लागि बनाइएको यस हाइवेमा यस वर्षको अहिलेसम्ममा तीन भयानक दुर्घटना भइसकेको छ भने यी दुर्घटनाहरूमा 54 जना मानिसहरूको ज्यान गइसकेको छ। अब मानिसहरूले प्रश्न गर्न थालेका छन् कि समृद्धि महामार्गमा यात्रा गर्नु कि नगर्नु?
यस वर्ष 2023-मा पहिलो ठूलो दुर्घटना गत 01 जुलाईमा भएको थियो। विदर्भ ट्राभल्सको बस बुलढाणा जिल्लाको सिन्देखेड़ाराजा नजिक दुर्घटनाग्रस्त भएको थियो जसमा 25 जना मानिसहरूको मृत्यु भएको थियो। दुर्घटना भएको समय वाहन चालक नशामा धुत थिए। दोस्रो दुर्घटना गत 01 अगस्तमा भएको थियो। समृद्धि राजमार्गको निर्माण अवधि ठाणे नजिक शाहपुर खण्ड अधिनस्थ सरलाम्बेमा गार्डर मसिन झरेर 17 जना श्रमिकहरूको मृत्यु भएको थियो। समृद्धि राजमार्गको तेस्रो चरण प्रगतिमा छ। यस हाइवेको निर्माण कार्य राती पनि हुन्छ। त्यसपछि 14/15 अक्टोबरमा भएको तेस्रो दुर्घटनामा 12 जनाको मृत्यु भएको छ, 35 जना घाइते भएका छन्।
गत छः महिनामा 1000 भन्दा अधिक दुर्घटनाः
बितेको छः महिनामा यस हाइवेमा 1000 भन्दा अधिक दुर्घटनाहरू भइसकेका छन्। यस हाइवेको इतिहासलाई हेऱ्यौं भने गम्भीर दुर्घटनामा अहिलेसम्ममा 368 मानिसहरूको ज्यान गइसकेको छ। चालक झुलेको वा सुतेको कारणले 183 दुर्घटना, वाहनहरूको टायर फाटेर 51 दुर्घटना, तकनिकी कारणहरूले 200 दुर्घटना भएको छ जसमा 41 जनाको ज्यान गएको छ। परिणामस्वरूप समृद्धि महामार्गलाई यमपुरीको मार्ग भन्न थालिएको छ।
हिन्दुस्थान समाचार/उष्णता
