नयॉं दिल्ली, 18 जनवरी (हि.स.)। बाक्लो कुहिरोका कारण देशका विभिन्न ठाउॅंहरूबाट दिल्ली आउने 18 ट्रेन विलम्बका साथ चलिरहेका छन्। कुहिरोबिच कम दृश्यताका कारण आईजीआई हवाई अड्डामा उडान सञ्चालन पनि प्रभावित बनेको छ। यात्रीहरूले आफ्नो निर्धारित उडानहरूको प्रतीक्षा गरिरहेका छन्।
देशका धेरै भागहरूमा बाक्लो कुहिरोका कारण उडानहरू विलम्बका साथ चलिरहेका छन् भने केही उडानहरू रद्द पनि गरिएका छन्। राष्ट्रिय राजधानी पनि बाक्लो कुहिरोको चपेटमा छ र शहरमा शीतलहर जारी छ।
भारतीय मौसम विभाग (आईएमडी) अनुसार, आज (बिहिवार) दिल्लीमा न्यूनतम तापक्रम 5 डिग्री र अधिकतम 18 डिग्री रहनेछ। आईएमडी अनुसार, तमिलनाडुको नीलगिरीमा सैंडीनल्ला जलाशय क्षेत्रमा तापक्रम 0 डिग्री सेल्सियस दर्ता गरिएको छ। हिल स्टेशन ऊटीमा तापक्रम 2.3 डिग्री सेल्सियस दर्ता गरिएको छ। केदारनाथ धाममा भारी हिमपात भइरहेको छ।
हिन्दुस्थान समाचार/बिशाल
