इम्फाल, 22 जून (हि.स.)। मणिपुरमा सुरक्षा बलहरूले उग्रवाद विरोधी अभियानहरू तीव्र पारेका छन्। यस कारबाहीमा एक उग्रवादीलाई पक्राउ गरिएको छ र ठूलो मात्रामा हतियार, गोलाबारुद, विस्फोटक पदार्थ र सञ्चार उपकरणहरू जफत गरिएका छन्।
इम्फाल वेस्ट जिल्लाको मायङ इम्फाल थाना मामाङ थोङखोङ क्षेत्रबाट प्रतिबन्धित संगठन काङलेइपाक कम्युनिस्ट पार्टी (पिपल्स वार ग्रुप) का एक क्याडर याङलेम सदानंद सिंह (26) लाई पक्राउ गरिएको छ। उनी मायङ इम्फाल थाना वाङखई लीकाई निवासी हुन्। उनीबाट बिना रजिस्ट्रेशन नम्बरको बाइक, सिमसहित मोबाइल फोन र 19 केसीपी (पीडब्ल्यूजी) को डिमाण्ड लेटर बरामद गरिएको छ। पक्राउपछि विभिन्न संवेदनशील क्षेत्रहरूमा समन्वित खोजी अभियान शुरू गरिएको छ।
इम्फाल ईस्ट जिल्लाको यैंगाङपोकपी थाना अन्तर्गत मायोफुङ-सनासाबी पहाड़ी क्षेत्रबाट सुरक्षा बलहरूले एउटा बायपड माउन्टेड .303 राइफल, 7 जिउॅंदो राउण्ड, दुईवटा भारी क्यालिबर मोर्टार, 20 मोर्टार बम, दुई बर्मी आईईडी, चार बाओफेङ रेडियो सेट, एउटा पेस्तोल र तीन जिउॅंदो कारतूस, 7.62 मिमीको 20 राउण्ड, सात नम्बर 36 ह्यान्ड ग्रेनेड, तीन ओ रिङ ग्रेनेड, पॉंच नम्बर 8 डब्ल्यूपी ग्रेनेड, दुई बुलेटप्रूफ ज्याकेट, एउटा हेलमेट, एउटा पाउच र एक जोड़ी जङ्गल शू बरामद गरिएका छन्।
यसै जिल्लाको लामलाई थाना अन्तर्गत चिङखई चिङ फाकनुङ गाउॅंको तलहटीबाट इंसास एलएमजी र म्यागजिन, इंसास राइफल, दुईवटा एसएलआर राइफल, स्नाइपर राइफल, .32 पेस्तोल र म्यागजिन, भिन्न-भिन्न क्यालिबरको भारी मात्रामा कारतूस, खाली कारतूस खोल, तीन चार्जर क्लिप, 37 खाली .303 कारतूस, चार टियर स्मोक शेल, एउटा रबर बुलेट, दुई बुलेटप्रूफ ज्याकेट, चार बुलेटप्रूफ प्लेट र तीन हेलमेट बरामद भएका छन्।
काकचिङ जिल्लाको अरोङ नोङमैखोङ थाना क्षेत्रको नोङमैखोङ माखा लीकाई हिल रेन्जबाट एउटज्ञ एसएमजी कार्बाइन, एके-47 राइफल, दुई सिङ्गल ब्यारल बन्दूक, एउटा संशोधित 9 मिमी पेस्तोल, तीन लगभग 2-2 किग्रा वजनको आईईडी, एउटा स्कोप लेन्स, ट्यूब लन्चर, एउटा एचई ग्रेनेड (बिना डेटोनेटर), छ रबर बुलेट, आठ वायर डेटोनेटर, दस पीईके विस्फोटक प्याकेट र विभिन्न प्रकारको जिउॅंदो र प्रयोग गरिएका कारतूसहरू बरामद गरिएका छन्।
थौबल जिल्लाको यैरिपोक थाना अन्तर्गत ग्वारोक महादेवको तलहटीबाट एउटा एसएलआर राइफल, एसएमजी कार्बाइन, 9 मिमी पेस्तोल, तीन एचई ह्यान्ड ग्रेनेड, .303, 5.56 मिमी, 5.56×30 मिमी, 9 मिमी र 7.62 मिमीको जिउॅंदो कारतूस, डेटोनेटर, आर्मिङ रिङ, ट्यूब लन्चर, हेलमेट, रबर बुलेट र वायरलेस संचार उपकरण बरामद भएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी
