नयाँ दिल्ली, 27 नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिवार भीडियो कन्फ्रेन्सको माध्यमले भारतीय अन्तरिक्ष स्टार्टअप स्काई रूटको इन्फिनिटी क्याम्पसको उद्घाटन गरे। उनले भने, गत 6 देखि 7 वर्षमा भारतको अन्तरिक्ष क्षेत्रले ठूला परिवर्तन देखिरहेको छ र यो अब खुल्ला, सहयोगी र नवाचारले प्रेरित अर्थतन्त्र बनेको छ।
प्रधानमन्त्रीले भने, उनको सरकारको तर्फबाट अन्तरिक्ष क्षेत्रलाई निजी क्षेत्रको निम्ति खोल्दा देशका युवा खासगरी ‘जेन जी यूथ’ ले पूरै फायदा उठाउने अवसर पाएको छ। भारतसित अन्तरिक्ष क्षेत्रमा क्षमताहरू छन् र यी क्षमता केवल थोरै देशसित छ। हामीसित कुशल इन्जीनियर, उच्च गुणवत्ता उत्पादन अर्थतन्त्र र विश्वको शानदार प्रक्षेपण स्थल छ। साथै नवाचारलाई प्रोत्साहित गर्ने माइन्ड सेट पनि छ। भारतको युवा शक्तिलाई नवाचार र जोखिम उठाउने क्षमता तथा उद्यमितासित जोड्दै उनले भने, यसले गर्दा आज विविध क्षेत्रमा भारतले नयाँ शिखरहरू छोइरहेको छ। स्काई रूटको इन्फिनिटी क्याम्पस भारतको नयाँ सोच नवाचार र युवा शक्तिको प्रतिबिम्ब हो।
उनले स्काई रूटको प्रथम अर्बिटल रकेट विक्रम-1 को अनावरण पनि गरे। यसमा उपग्रहलाई कक्षामा प्रक्षेपित गर्ने क्षमता छ। यस अत्याधुनिक केन्द्रमा बहु प्रक्षेपण वाहनहरूको डिजाइन विकास एकीकरण र प्रशिक्षणको निम्ति लगभग 20 हजार वर्ग फुटको कार्य क्षेत्र हुनेछ तथा हरेक महिना एक कक्षीय रकेट बनाउने क्षमता हुनेछ।
अन्तरिक्ष क्षेत्रमा कार्य गर्ने सरकारी एजेन्सी ‘इसरो’ को प्रशंसा गर्दै प्रधानमन्त्रीले भने, दशकौंसम्म संस्थाले भारतको अन्तरिक्ष यात्रालाई नयाँ उड़ान दिएको छ। उसले विश्वसनीयता, क्षमता र आफ्नो कामले हरेक प्रकारले भारतको छुट्टै पहिचान बनाएको छ। भारतको अन्तरिक्ष प्रतिभाले विश्वभरिमा एक मजबूत पहिचान बनाइरहेको छ। ग्लोबल इनोवेशन इन्स्टीट्यूट्स भारतको अन्तरिक्ष क्षेत्रमा तीव्र गतिमा आकर्षित भइरहेका छन्। विश्वभरिमा साना उपग्रहको माग लगातार बढ़िरहेको छ र अन्तरिक्षलाई अब एक रणनीतिक एसेटको रूपमा चिनिन्दैछ। आउने वर्षहरूमा वैश्विक अन्तरिक्ष अर्थव्यवस्था धेरै गुणा बढ्नेछ। यो भारतका युवनाहरूका लागि एक ठूलो अवसर हो।
हिन्दुस्थान समाचार / भवानी थामी
