– अस्ट्रेलियाई युवकमाथि पहिलाबाटै तीनवटा मामिला दर्ता
अहमदाबाद, 20 नोभेम्बर (हि.स.)। भारत-अस्ट्रेलिया बीच गए आइतवार नरेन्द्र मोदी स्टेडियममा सम्पन्न क्रिकेट विश्वकपको फाइनल म्याच अवधि मैदाभित्र प्रवेश गर्ने अस्ट्रेलियाली युवक वेन जनसनविरूद्ध चाँदखेड़ा थानामा मुद्दा दर्ता गरिएको छ। वेनमाथि पुलिसकर्मीलाई धकेलेर मैदानभित्र प्रवेश गरेको अनि विराट कोहलीलाई अङ्कमाल गर्ने प्रयास गरेर अवरूद्ध सृजना गर्ने प्रयास गरेको आरोप छ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा गए आइतवार वर्ल्ड कप क्रिकेटको फाइनल म्याच सम्पन्न भइरहेको थियो। भारतीय ब्याटिङ अवधि अस्ट्रेलियाका नागरिक वेन जनसन रेलिङ्ग नाघेर मैदानमा प्रवेश गरे। तिनी विराट भएकोतिर दौड़ेर विराटलाई अङ्कमाल गर्ने प्रयास गरे। युवकको टीशर्टमा स्टप बम्बिङ्ग फिलिस्तीन अनि रिलीज फिलिस्तीनको स्लोगन लेखिएको थियो। युवकलाई मैदानमा देखेर पुलिसकर्मीहरूले तिनलाई समात्यो। पछि तिनलाई चाँदखेड़ा पुलिसले आफूसित लिएर गयो।
एजेन्सीहरूले युवकको कुनै आतङ्कवादी सङ्गठनसित सम्बन्ध रहेको सन्देहलाई लिएर पुलिसले जाँच शुरू गरेको छ। चाँदखेड़ा पुलिस सूत्र अनुसार अस्ट्रेलियाली युवक वेन जनसनविरूद्ध प्राथमिकी दर्ता गरिएको छ। युवकविरूद्ध अस्ट्रेलियामा पहिलाबाटै तीनवटा मामिला दर्ता छ। युवकका पिता चीन र माता फिलिस्तीनका हुन्।
प्राथमिक जानकारीमा थाहा लागे अनुसार वेन विराट कोहलीका फ्यान भएका कारणले विराटलाई नजिकबाट अङ्कमाल गर्ने प्रयास गरेका थिए। युवकले पिचसम्म पुग्नका लागि तीन स्तरीय सुरक्षा व्यवस्थालाई चिर्न सफल भएकोमा प्रश्न पनि उठ्न थालेको छ। क्राइम ब्राञ्चका अधिकारीहरूको उपस्थितिबीच युवक रेलिङ्ग पार गरेर मैदानमा पुगेका थिए। स्टेडियमको वरिपरी 6 हजार पुलिसका जवान अनि बाहिर लगभग 10 हजार पुलिसकर्मी तैनाथ थिए। तथापि युवक पिचसम्म पुग्न सफल भए।
हिन्दुस्थान समाचार/उष्णता
