– भाजपा अध्यक्ष जेपी नड्डालाई गरिनेछ नागरिक अभिनन्दन
– सोलन मल रोडमा जेपी नड्डाको रोड शो हुनेछ
शिमला, 01 जनवरी (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-का राष्ट्रिय अध्यक्ष जगत प्रकाश नड्डाले आगामी 5 जनवरीमा हिमाचल प्रदेशमा दुईवटा जनसभाहरूलाई सम्बोधन गर्नेछन्। साथै तीन राज्यमा भाजपाको जित भएकोमा कार्यकर्ताहरूद्वारा अध्यक्ष नड्डालाई नागरिक अभिनन्दन पनि गरिनेछ।
भाजपा प्रदेश अध्यक्ष डा. राजीव बिन्दलले सोमवार बताए, तीन राज्यमा भाजपालाई प्राप्त प्रचण्ड जित पश्चात जेपी नड्डाको सोलन र शिमलामा जन्सभा आयोजना गरिँदैछ। उनले भने, शिमला संसदीय क्षेत्रका मानिसहरूले सोलन र शिमलामा जगत प्रकाश नड्डालाई स्वागत गर्नेछन्। सबैभन्दा पहिला प्रातः9 बजे सोलन मल रोडमा जेपी नड्डाको रोज शो हुनेछ। त्यसपछि अपरान्ह 1 बजे होटल पीटरहफ शिमलामा अभिनन्दन समारोह हुनेछ। डा. बिन्दलले बताए, साँझ 6 बजे भाजपा, हिमाचल प्रदेशको कोर ग्रुपको बैठकलाई राष्ट्रिय अध्यक्ष नड्डाले सम्बोधन गर्नेछन्।
राजीव बिन्दलले भने, तीन वृहत राज्यमा भाजपाको जितले देशको सम्पूर्ण परिवेश भाजपामय बनाइदिएको छ तथा नरेन्द्र मोदी देशका अभिजीत नेताको रूपमा उदाएका छन्। बिन्दलले भने, वर्ष 2024 नरेन्द्र मोदीलाई फेरि एकपटक प्रधानमन्त्री बनाउने वर्षको रूपमा शुरू भएको छ तथा मोदी र भाजपासितै देशको प्रगति सुनिश्चित हुनुछ। नरेन्द्र मोदीले वर्ष 2047-सम्म भारतलाई विश्वको सबैभ्दा श्रेष्ठ राष्ट्र बनाउने काम शुरू गरेका छन् भने हामी सबै मिलेर त्यसलाई पूरा गर्नुछ।
हिन्दुस्थान समाचार/उष्णता
