गान्तोक, 01 जनवरी (हि.स.)। अयोध्यामा हुन लागिरहेको राम ललाको प्राण प्रतिष्ठालाई ध्यानमा राख्दै देशव्यावी रूपमा पूजित अक्षत कलश यात्रा आयोजना भइरहेको छ। यसै क्रममा राजधानी गान्तोकमा पनि आज भव्यरूपमा कलश यात्रा निकालियो।
राजधानीको तादोङस्थित दुर्गा मन्दिरबाट निकालिएको कलश-यात्रा गान्तोक वरपर विभिन्न ठाउॅंहरूको भ्रमण गरेपछि पुन: दुर्गा मन्दिर आइपुगेर कलश-यात्रा समापन भयो। यस अवधि बाइपास, बुर्तुक, बोजोघारी, देवराली, पॉंच माइल सरस्वती मन्दिर आदि ठाउॅंहरूको भ्रमण गरिएको थियो।
कलश-यात्रामा धेरै संख्यामा राम भक्तहरूले भक्तिभाव अनि उत्साहका साथ सहभागिता जनाए। यात्राभरि राम भक्तहरूले जय श्री रामको नारा लगाउॅंदै भजन-कीर्तन गरेका थिए।
हिन्दुस्थान समाचार/बिशाल
