जालौन, 18 दिसम्बर (हि.स.)। उत्तर प्रदेशको जालौनमा बुन्देलखण्ड एक्सप्रेस-वेमा कैथेरी टोल प्लाजा नजिक गए आइतवार राती लगभग 12 बजे सड़क दुर्घटनामा परी चारजना मानिसहरूले ज्यान गुमाएका छन्। मृतकहरूमा एक महिला र तिनका छोरा पनि सामेल छन्। यस दुर्घटनामा छःभन्दा अधिक मानिसहरू घाइते भएका छन्। घाइतेहरूलाई पुलिसले मेडिकल कलेजमा भर्ती गराएको छ।
पुलिस अधीक्षक डा. ईरज राजाले बताए, यो दुर्घटना उरई कोतवाली क्षेत्रमा भएको हो। मोहान गाउँका केही मानिसहरू लोडरमा सवार भई ओरछा अनि दतियाबाट पिकनिक मनाएर फर्किरहेका थिए। लोडर कैथेरी टोल प्लाजा नजिकबाट गुज्रिरहेको थियो त्यसैबेला पछिबाट आएको अनियन्त्रित डम्परले ठक्कर दियो जसले गर्दा लोडर एक्सप्रेस-वेमा पल्टियो। यस दुर्घटनामा दुई वर्षीय अबोध समेत चारजनाको मृत्यु भयो।
पुलिस अधीक्षक राजा अनुसार दुर्घटनामा दुई वर्षीय अनिरूद्ध, 28 वर्षीय प्रियङ्का, 16 वर्षीय नैंसी औ 50 वर्षीय मुन्नी देवीको मृत्यु भएको छ भने आयुष, आकांक्षा, हुलासी, रितिका, उर्मिला, विशाल र राजपूत घाइते भएका छन्। दुर्घटनापछि आरोपी चालक घटनास्थलबाट भागे।
हिन्दुस्थान समाचार/उष्णता
