नयाँ दिल्ली, 26 नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी कप- 28 विश्व जलवायु कारबाही शिखर सम्मेलनमा अङ्श ग्रहण गर्नका लागि आज साँझ दुबई प्रस्थान हुनेछन् भने भोलि साँझ उनी स्वदेश फर्किनेछन्। यस अन्तरालमा उनले शिखर सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्नेछन् तथा तीनवटा महत्वपूर्ण कार्यक्रमहरूमा सहभागी हुनेछन् जसमध्ये दुईवटा कार्यक्रमको सहआयोजक भारत हो।
विदेश सचिव विनय मोहन क्वात्राले बिहीवार एक पत्रकार वार्तामा उक्त आशयको जानकारी गराए। उनले भने, पर्यावरणलाई पुगिरहेको नोक्सानलाई रोक्नका लागि जलवायु वित्त सबै वैश्विक प्रयासहरूको एक महत्वपूर्ण भाग हो। भारतलाई आशा छ कप 28-मा जलवायु वित्तलाई लिएर एक स्पष्ट रोडम्यापमाथि सहमति कायम हुनेछ।
उनले बताए, प्रधानमन्त्रीले तीन उच्चस्तरीय कार्यक्रमहरूमा भाग लिनेछन्। भारत एवं संयुक्त अरब अमीरातद्वारा संयुक्त रूपमा आयोजना गरिएको पहिलो उच्च-स्तरीय कार्यक्रम ग्रीन क्रेडिट्स इनिशिएटिभको शुभारम्भ हो। भारत र स्वीडनद्वारा संयुक्त रूपमा आयोजना गरिएको दोस्रो कार्यक्रम लीडआईटी 2.0 -को लन्च हो। यो वर्ष 2019- मा न्यूयर्कमा संयुक्त राष्ट्र जलवायु कारबाही शिखर सम्मेलनमा भारत एवं स्वीडनद्वारा शुरू गरिएको एक संयुक्त पहल थियो।
प्रधानमन्त्रीले अर्को उच्चस्तरीय कार्यक्रम ट्रान्सफर्मिङ्ग क्लाइमेट फाइनेन्स- मा पनि भाग लिनेछन्। यो कार्यक्रम कप 28 को अध्यक्ष संयुक्त अरब अमीरातद्वारा आयोजना गरिएको हो। उनले बताए, प्रधानमन्त्रीले शिखर सम्मेलन बाहेक आफ्ना समकक्षीहरूसित द्वीपक्षीय बैठक पनि गर्नेछन्।
हिन्दुस्थान समाचार/उष्णता
