कोलकाता, 30 नोभेम्बर (हि.स.)। राज्यको चर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा बिहिवार सीबीआई मेराथन छापा मारिरहेछ। कोलकाता नगर निगमका पार्षद बप्पादित्योको घर छापा मारेपछि अब तृणमूल कांग्रेसकी विधायक अदिति मुन्शीका पति देवराजको घरमा पनि छापामारी गरिएको छ। तृणमूलका विधाननगर नगर निगम पार्षद देवराज चक्रवर्तीलाई सीबीआईले यसअघि पनि एक मामिलामा नोटिस पठाएको थियो।
अब नियुक्ति भ्रष्टाचार मामिलाको जाँचको निम्ति बिहिवार बिहानैदेखि सीबीआईले ठाउँ-ठाउँ सर्च अपरेशन शुरू गरेको छ। बिहान 9.10 बजी सीबीआईको टीम राजारहाट स्थित देवराजको घर पुग्यो। यद्यपि, त्यस समय देवराज घरमा थिएनन्। उनको परिवारले सीबीआई अधिकारीहरूलाई देवराज घरमा नरहेको बताए। यद्यपि, केही बेरपछि देवराजपनि घर पुगे। सीबीआईका अधिकारीहरूले उनीसित सोधपुछ गरिरहेका छन्।
हिन्दुस्थान समाचार/भवानी
