कोलकाता, 12 दिसम्बर (हि.स.)। दक्षिण 24 परगना जिल्लाको बैरामपुरमा भएको सड़क दुर्घटनामा कोलकाता पुलिसका एक जना एएसआईको मृत्यु भयो। जानकारी अनुसार मृतकको पहिचान शाहबुद्दीन बिस्वास (45)-को रूपमा भएको छ जो भांगड़ डिभीजनको डीसी कार्यालया असिस्टेन्ट सब-इन्स्पेक्टरको पदमा तैनाथ थिए। उनी कोलकाताको बडीगार्ड लाइनस्थित पुलिस क्वार्टरमा बस्थे। गए बिहीवार ड्यूटी सिद्धिएपछि क्वार्र्टरमा फर्किने उनी दुर्घटनाको शिकार भए।
स्थानीय सूत्र अनुसार शाहबुद्दीन बाइक चलाएर आफ्नो क्वार्टरमा फर्किरहेका थिए। बैरामपुर नजिक पुगेपछि एउटा ट्रकले पछिबाल उनको बाइकलाई भयानक ठक्कर दियो। ठक्करपछि भुइँमा लड़ेका एएसआईको कम्मरमाथि ट्रकको दुईवटा चक्का पऱ्यो जसले गर्दा उनको घटनास्थलमै मृत्यु भयो।
सूचना पाउनसाथ डीसी सैकत घोष सहित भांगड़ डिभीजनका वरिष्ठ पुलिस अधिकारी घटनास्थलमा पुगे। घातक ट्रकलाई जफत गरिएको भए पनि त्यसको चालक भागेको छ जसको खोजीमा पुलिसले छापामारी गरिरहेको छ।
दुर्घटनापछि बासन्ती हाइवेमा अस्थायी रूपमा वाहनहरूको आवागमन ठप्प भएको थियो। शवलाई हटाएर स्थितिलाई सामान्य बनाइयो। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
