
नयाँ दिल्ली, 11 जनवरी (हि.स.)। देशमा बितेको 24 घण्टामा कोरोना सङ्रकमणको 514 नयाँ मामिला देखा परेको छ। यसावधि तीनजना कोरोना सङ्क्रमितहरूको मृत्यु भएको छ भने 732 सङ्क्रमितहरू स्वस्छ भएका छन्।
केन्द्रिय स्वास्थ्य मन्त्रालयद्वारा बिहीवार जारी आँकड़ा मुताविक देशमा कोरोनाका सक्रिय रोगीहरूको संख्या 3422 पुगेको छ। कोरोनाले उत्तराखण्डमा पनि पाइला टेकिसकेको छ जहाँ एउटा नयाँ मामिला अघि आएको छ। यसको साथै कोरोनाको दुईवटा नयाँ मामिला सिक्किमबाट, दुईवटा जम्मू-कश्मीरबाट पनि दर्ता गरिएको छ। देशमा करोनाको कारणले तीनजना रोगीहरूको मृत्यु भएको छ जसमा एकजना कर्णाटक र दुईजना महाराष्ट्रका सामेल छन्।
हिन्दुस्थान समाचार/उष्णता
