
चण्डीगढ़, 11 जनवरी (हि.स.)। पञ्जाब पुलिसले बिहीवार मानसा कोर्टमा सिद्धू मूसेवाला हत्याकाण्डका मुख्य आरोपी सचिन बिश्नोईविरूद्ध पूरक चार्जशीट दर्ता गराएको छ। सचिन यसबेला एनआईएको हिरासतमा छ। यस मामिलाको जाँच एनआईएले गरिरहेको छ। पछिल्लो सुनवाईमा सचिनलाई दिल्लीदेखि ल्याएर मानसा कोर्टमा पेश गरिएको थियो।
सचिन बिश्नोई उपनाम थापनलाई लगभग पाँच महिनाअघि अजरबैजानदेखि भारत ल्याइएको थियो। सचिन ग्याङ्गस्टर लरेन्सको भाञ्जा हो। सचिनमाथि मूसेवाला हत्याकाण्डको षड़यन्त्र रचेको आरोप छ। हत्या हुन केही दिनअघि लरेन्सको भाइ अनमोल बिश्नोईसित जाली पासपोर्ट बनाएर विदेश भागेको थियो। पुलिसको चार्जशीटमा सचिन बिश्नोईविरूद्ध 155 साक्षीहरूको बयानलाई आधार बनाइएको छ जसमा 8 सरकारी अनि 147 निजी साक्षीहरू सामेल छन्।
पुलिसले सचिनमाथि आरोप लगाएको छ, उसले सिद्धू मूसेवाला हत्याकाण्डका आरोपीहरूलाई बोलेरो कार उपलब्ध गराएको थियो। यस अतिरिक्त उसले ग्याङ्गस्टर बलदेव निक्कू र सञ्जीव केकड़ालाई पनि सामेल गरेको थियो।
हिन्दुस्थान समाचार/उष्णता
