नयाँ दिल्ली, 11 जनवरी (हि.स.)। अयोध्यामा राम मन्दिर प्राण प्रतिष्ठा समारोहमा सामेल हुने निमन्त्रणालाई कंग्रेसद्वार अस्वीकार गरिएकोमा भरतीय जनता पार्टी (भाजपा)-ले चर्को आलोचना गरेको छ।
भाजपा सांसद सुधांशु त्रिवेदीले बिहीवार यहाँ पत्रकार सम्मेलनमा भने, कंग्रेसले नयाँ संसद भवनको उद्घाटन समारोहलाई बहिष्कार गऱ्यो। जीएसटी लागू गर्ने ऐतिहासिक फसेलालाई बहिष्कार पनि गऱ्यो। यस अतिरिक्त जी-20 शिखर सम्मेलन, कारगिल विजय दिवसलाई पनि कंग्रेसले बहिष्कार गऱ्यो।
उनले भने, अटल बिहारी वाजपेयी सरकारको नेतृत्वमा मई, 1998- मा गरिएको पोखरण परमाणु परीक्षण पछि कंग्रेसले दश दिनसम्म पनि कुनै बयान दिएन। यहाँसम्म कि कंग्रेसले आफ्नो पार्टीका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको भारत रत्न समारोहको समेत बहिष्कार गरेको थियो। कंग्रेसको यसै बहिष्कार मानसिकताको कारणले जनताले पनि उनीहरूलाई सत्तादेखि बहिष्कार गरिरहेका छन्। यहाँ एउटा कुरा स्पष्ट छ, कंग्रेसले आफ्नो प्रवृत्ति अऩुरूप काम गरिरहेको छ।
सुधांशु त्रिवेदीले भने, पाँच सय वर्षको सङ्घर्षपछि राम मन्दिरको प्राण प्रतिष्ठा हुन गइरहेको छ, तर कंग्रेसले आफ्नो प्रवृत्ति अनुरूप काम गरिरहेको छ। सोमनाथ मन्दिरको प्राण प्रतिष्ठालाई पनि जवाहरलाल नेहरूले बहिष्कार गरेका थिए। नेहरूद्वारा 24 अप्रेल, 1951- मा लेखिएको पत्रमा प्राण प्रतिष्ठालाई बहिष्कार गरिएको थियो। त्यसपछि इन्दिरा गान्धीको समयमा वर्ष 1976-मा राम मन्दिरको प्रमाण प्राप्त भइरहेको बेलामा त्यहाँ भइरहेको काममाथि नै रोक लगाइएको थियो। सोनिया गान्धीको जमानामा रामलाई काल्पनिक बताइयो, तर राम मन्दिरको प्राण प्रतिष्ठा कंग्रेसको लागि आफूले-आफैलाई परिवर्तन गर्नसक्ने एउटा अवसर थियो।
उनले भने, यो नेहरूको कंग्रेस हो, महात्मा गान्धीको होइन। रामराजको प्राण प्रतिष्ठाको निम्तोलाई अस्वीकार गर्नाले कंग्रेसभित्रको हिन्दू धर्म विरोधी भावनालाई दर्शाउँछ।
उनले भने, राम मन्दिरका मुख्य पक्षकार अन्सारीले पनि निमन्त्रण स्वीकार गरेका छन्। कंग्रेसको परम्परालाई लिएर आज सबै दलहरूले हाहाकार मच्चाइरहेका छन्। कंग्रेस गोत्रका सबै दलहरूले स्पष्ट पारिसकेका छन् कि राजनीतिक दृष्टिले उनीहरू निष्प्राण हुँदै गइरहेका छन्। उनीहरू प्रधानमन्त्री मोदीको विरोधमा भगवानको विरोध गर्न समेत चुकेनन्। हरेक ऐतिहासिक अवसरको विरोध गर्दा-गर्दै आज भारतीयताका मूल्यहरूमाथि उनीहरूको कट्टरपन्थी राजनीति अधिक महत्वपूर्ण देखिँदैछ।
हिन्दुस्थान समाचार/उष्णता
