
नयाँ दिल्ली, 04 जनवरी (हि.स.)। दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)- मा बिहीवार आगलागी भयो। तर आगोलाई तत्काल नियन्त्रण गरियो। यस घटनामा ज्यानमालको क्षति भएको कुनै समाचार छैन।
एम्सको मीडिया सेलकी इञ्चार्ज डा. रीमा दादाले बयान जारी गरी बताइन्, आज बिहान लगभग 5:25 बजे प्रजनन जीव विज्ञान विभागको द्वितीय तला, कोठा नम्बर 2090- मा आगलागी भएको सूचना प्राप्त भयो। फ्रिजमा शर्ट सर्किट भएको पुष्टि भएपछि सुरक्षा अनि अग्निशमन नियन्त्रण कक्षलाई सूचित गरियो साथै अग्निशमन दललाई सतर्क गराइयो। एम्स अग्निशमन सेवाद्वारा तुरून्त आगोलाई नियन्त्रण गरियो। दिल्ली अग्निशमन सेवाको फायर टेण्डर कर्मचारीहरू पनि घटनास्थलमा आइपुगे। कुनै प्रकारको ज्यानहानिको समाचार छैन, सम्पत्तिलाई पनि कुनै क्षति पुगेको छैन।
हिन्दुस्थान समाचार/उष्णता
