गुवाहाटी, 10 अक्टोबर (हि.स.)। चर्चित गायक जुबीन गर्गको मृत्युसित जोड़िएको मामिलामा सीआईडीले ठूलो कारबाही गर्दै गायकका दुई निजी सुरक्षा अधिकारीहरू (पीएसओ)- नन्देश्वर बोरा र परेश बैश्यलाई पक्राउ गरेको छ।
सूत्रहरू अनुसार, दुवैलाई आज चौथो दिनको सोधपुछपछि हिरासतमा लिइयो। यस अगाड़ी दुवैलाई सेवाबाट निलम्बित गरिएको थियो किनभने उनीहरूको ब्याङ्क खाताहरूमा संदिग्ध वित्तीय लेनदेन पाइएको थियो।
पुलिसले बतायो, दुवै आऱोपीलाई छिट्टै नै अदालतमा पेश गरिनेछ। यसबीच धन लेनदेनको श्रोत र प्रकृतिको जाँच जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी
