गु्वा्हाटी, 10 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले करवा चौथ (करक चतुर्थी)- को पावन अवसरमा राज्यवासीहरूलाई हार्दिक शुभकामना दिएका छन्।
मुख्यमन्त्रीले आफ्नो शुभकामना सन्देशमा भने, यो पावन पर्वले जीवनमा प्रेम, आस्था एवं पारिवारिक सौहार्दलाई नयाँ दृढ़्ता तथा ऊर्जा प्रदान गरोस्। उनले प्रार्थना गरे, भगवान शिव र माता पार्वतीको जस्तै अटुट एवं दिव्य एकत्वको भावनाले सबैको जीवनमा स्थायित्व अनि समृद्धि सञ्चार गरोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
