रायपुर, 13 नोभेम्बर (हि.स.)। छत्तीसगढ़को मुङ्गेलीमा सोमवार चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन्, प्रथम चरणको समर्थनबाट स्पष्ट भइसकेको छ कि कङ्ग्रेस छत्तीसगढ़बाट गइरहेको छ। भाजपा आउनुको अर्थ हो छत्तीसगढ़को विकास।
प्रधानमन्त्री मोदीले मुङ्गेलीको सभामा भने, छत्तीसगढ़मा महादेव ऐपको 508 करोड़ रुपियाँको मामिला अघि आयो। यो धन कङ्ग्रेस नेताहरूको भागमा परेको छ। विधानसभा चुनाउको टिकट बाँड़फाँड़लाई लिएर पनि कङ्ग्रेसमा खेल भएकोछ। सारा छत्तीसगढ़ पीएससी घोटालाको सत्यता जान्न चाहन्छ। रक्सीबन्दीको वाचा मात्र गऱ्यो, तर छत्तीसगढ़ सरकारले आफ्नो वाचा पूरा गर्न सकेन।
मोदीले कङ्ग्रेसको भूपेश सरकारमाथि प्रहार गर्दै भने, पहिलो अढ़ाई वर्षमा भ्रष्टाचार चरममा रह्यो। अढ़ाई वर्षपछि दिल्ली हाईकमानको लागि ढुकुटी खोलियो। छत्तीसगढ़लाई लुटियो। विभाजनको समझौता झूटो भयो। महादेव ऐपको सट्टामा 508 करोड़ रुपियाँ बाँढ़ियो। उनले प्रश्न गरे, मुख्यमन्त्रीलाई त्यहाँबाट कति रुपियाँ हात लाग्यो? उनले भने, उम्मेद्वारहरूलाई टिकट बाँड़फाँड़ गर्दा रुपियाँको लेनदेन भएको खेलको अडियो अघि आएको छ। यसको यथार्थ पनि जनतामाझ ल्याउनुपर्छ।
प्रधानमन्त्रीले प्रथम चरणमा भाजपाको पक्षमा भोट दिएकोमा जनतालाई धन्यवाद दिँदै भने, कङ्ग्रेसले पनि बुझिसकेको छ कि अब यहाँबाट हिँड़्ने बेला भो। छत्तीसगढ़बाट कङ्ग्रेसको उल्टो गन्ती शुरू भएको छ। कङ्ग्रेस सरकारको लुटको पाँच वर्ष अब समाप्त भएको छ। आगामी 3 दिसम्बरमा भाजपाको सरकार बन्न गइरहेको छ।
प्रधानमन्त्रीले भने, हरे क्षेत्रमा प्राप्त जनसमर्थन यस कुराको प्रमाण हो कि छत्तीसगढ़का जनताले भाजपालाई समर्थन गर्ने मन बनाइसकेका छन्। यो मोदीको ग्यारण्टी हो, संकल्पमा गरिएका सबै वाचाहरू समयमै पूरा हुनेछ। छत्तीसगढ़ बर्बाद हुनदेखि बच्नेछ। उनले भने, राज्यको विकास तीव्र गतिमा हुनेछ। कङ्ग्रेसको सरकार लुटको लाइसेन्स बनाउन चाहन्छ। स्वतन्त्रता पश्चात देशमा कोही गरीब छ भने त्यसको लागि कङ्ग्रेस जिम्मेवार छ। आज छत्तीसगढ़का किसानहरू समस्यामा छन् भने त्यसको जिम्मेवार पनि कङ्ग्रेस नै छ।
हिन्दुस्थान समाचार/उष्णता
