नयाँ दिल्ली, 24 नोभेम्बर (हि.स.)। उत्तरी चीनमा बाल-बालिकाहरूमा एच9एन2 मामिलासँगसँगै श्वास-प्रश्वास सम्बन्धी रोगहरूको मामिलामा पनि वृद्धि भएपछि भारतमा सतर्कता बढ़ाइएको छ। केन्द्रिय स्वास्थ्य मन्त्रालयले चीनमा फैलिएको श्वासन सम्बन्धी रोगलाई नजिकबाट नियालिरहेको छ।
शुक्रवार मन्त्रालयद्वारा जारी एक बयानमा भनिएको छ, चीनबाट रिपोर्ट गरिएको एभियन इन्फ्लूएन्जाको मामिलासँगसँगै श्वास-प्रश्वास सम्बन्धी रोगबाट भारतलाई त्यति खतरा छैन। स्वास्थ्य मन्त्रालयले भन्यो, भारत कुनै पनि प्रकारको सार्वजनिक स्वास्थ्य आपत स्थितिको लागि तयार छ। यसको साथै सार्वजनिक मुद्दाहरूको समाधानको लागि एक समग्र एवं एकीकृत रोडम्याप अप्नाउनको लागि वान हेल्थ दृष्टिकोणमाथि काम गरिरहेको छ।
विशेष कोरोना महामारीदेखि यता स्वास्थ्य बुनियादी ढाँचामा पनि महत्वपूर्ण सुदृढ़ीकरण भएको छ। यस अतिरिक्त एकीकृत रोग निगरानी कार्यक्रम (आईडीएसपी)- सित कोरोना महामारी अवधि चुनौतीपूर्ण स्वास्थ्य स्थितिहरूको सामना गरेको समृद्ध अनुभव छ।
मन्त्रालय अनुसार चीनमा निमोनियाको बढ्दो मामिलालाई लिएर विश्व स्वास्थ्य सङ्गठनले पनि एक बयान जारी गरेको छ। मन्त्रालय अनुसार वर्तमानमा उपलब्ध जानकारीको आधारमा पछिल्ला केही साताभित्रमा चीनमा श्वास-प्रश्वास सम्बन्धी रोगहरूको मामिला बढ़ेको छ। बाल-बालिकाहरूमा श्वासन सम्बन्धी रोगको सामान्य कारण पत्तो लगाइएको छ र अहिलेसम्म कुनै असामान्य कारणहरूको पहिचान हुन सकेको छैन।
मन्त्रालयले भन्यो, एभियन इन्फ्लूएन्जाको मामिलाविरूद्ध तयारीमाथि चर्चा गर्नका लागि हालैमा डीजीएचएसको अध्यक्षतामा एक बैठक सम्पन्न गरिएको थियो जसको रिपोर्ट विश्व स्वास्थ्य सङ्गठनलाई दिइएको थियो। विश्व स्वास्थ्य सङ्गठन मुताविक एभियन इन्फ्लूएन्जा मानवबाट मानवमा फैलिने सम्भावना कम छ र यसको मृत्यु दर पनि एकदमै कम छ। बैठकमा पशुपालन एवं वन्य जीवन क्षेत्रहरूमाझ निगरानीलाई मजबूत बनाउन अनि समन्वयमा सुधारको आवश्यक्ता महसूस गरियो।
हिन्दुस्थान समाचार/उष्णता
