नयाँ दिल्ली, 25 नोभेम्बर (हि.स.)। केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहले सिख धर्मका 9औं गुरू, ‘हिंद की चादर’ गुरु तेग बहादुरको 350औं शहीदी दिवसमा श्रद्धाञ्जलि अर्पित गरे। उनले भने, गुरू तेग बहादुरको जीवन गहन आध्यात्मिक साधना, पवित्र उपदेशहरू र संस्कृति र आस्थाको रक्षाको निम्ति गरिएको अदम्य संघर्षको प्रतीक हो।
अमित शाहले सोशल मीडिया प्लेटफार्म एक्समा लेखेका छन्- सिख धर्मका 9औं गुरू, ‘हिंद की चादर’ गुरु तेग बहादुरको 350औं शहीदी दिवसमा म उनलाई नमन गर्दछु र श्रद्धाञ्जलि अर्पित गर्दछु। गुरू तेग बहादुरले एकै जीवनमा गहन आध्यात्मिक साधना गरे, पवित्र प्रवचनहरूको माध्यमले समाजको मार्गदर्शन गरे औं बर्बर आक्रमणकारीहरूबाट हाम्रो संस्कृति र आस्थाको रक्षा गरे।
गृहमन्त्रीले भने, गुरू साहिबले कश्मीरी पण्डितहरूका लागि संघर्ष गरे, अत्याचारी मुगलहरूलाई चुनौती दिए औं धर्मको रक्षाको निम्ति आफ्नो सर्वस्व समर्पित गरे। गुरू साहिबको त्यागको यो गाथा, जसमा वीरता, संयम, निःस्वार्थ भाव र भक्तिको समावेश छ, आज पनि हृदयलाई गर्व र राष्ट्र-रक्षाको निम्ति संकल्पले भरिदिन्छ।
हिन्दुस्थान समाचार / भवानी थामी
